Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो

हुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो

कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ।  जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो। 

कालो बोका काटेर रुख कटान सुरु गरिएको छ। हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनीयर धनदेव जाेशीले कालो बोकाको बलीसहित पूजापाठ गरी रुख कटान कार्य सुरु गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीका स्वकीय सचिव खडक चौधरीले दिनेशखबरलाई जनाए।

अबको १०/१५ दिनमै रुख कटान कार्य सम्पन्न गरिएको बताइएको छ। सो २ किलोमिटर सडक खण्डमा १ सय वटा रुख रहेको जनाइएको छ। रुख कटानीपछि कैलालीमा हुलाकी सडक निर्माणले पूर्णता पाउने बताइएकाे छ।

निर्माणको ठेक्का टुंगी, प्रेरा र चन्द्र एण्ड बसन्ता जेबीले पाएको छ। सो खण्डमा वर्षात अगाडि ग्राबेलसम्मकाे काम हुने आयोजना कार्यालय धनगढीले जनाइएको छ।

कैलारी गाउँपालिकाको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ। यसका लागि २०७३ सालमा नै ठेक्का भएको थियो। तर २ किलोमिटर सडकमा काम भने अगाडि बढ्न सकेको थिएन।

त्यस्तै, कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो। तर एक दशक पूरा भइसके पनि निर्माण कार्यले पूर्णता पाउन सकेको थिएन।

प्रतिक्रिया