Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो

हुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो

कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ।  जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो। 

कालो बोका काटेर रुख कटान सुरु गरिएको छ। हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनीयर धनदेव जाेशीले कालो बोकाको बलीसहित पूजापाठ गरी रुख कटान कार्य सुरु गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीका स्वकीय सचिव खडक चौधरीले दिनेशखबरलाई जनाए।

अबको १०/१५ दिनमै रुख कटान कार्य सम्पन्न गरिएको बताइएको छ। सो २ किलोमिटर सडक खण्डमा १ सय वटा रुख रहेको जनाइएको छ। रुख कटानीपछि कैलालीमा हुलाकी सडक निर्माणले पूर्णता पाउने बताइएकाे छ।

निर्माणको ठेक्का टुंगी, प्रेरा र चन्द्र एण्ड बसन्ता जेबीले पाएको छ। सो खण्डमा वर्षात अगाडि ग्राबेलसम्मकाे काम हुने आयोजना कार्यालय धनगढीले जनाइएको छ।

कैलारी गाउँपालिकाको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ। यसका लागि २०७३ सालमा नै ठेक्का भएको थियो। तर २ किलोमिटर सडकमा काम भने अगाडि बढ्न सकेको थिएन।

त्यस्तै, कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो। तर एक दशक पूरा भइसके पनि निर्माण कार्यले पूर्णता पाउन सकेको थिएन।

प्रतिक्रिया