ताजा अपडेट
काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ ।
अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका थिए ।
मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ ।
विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ । सोही क्षेत्रमा रहेको सरकारी माध्यमिक विद्यालय स्कुल नजिक ठूलो आवाजका साथ विष्फोट भएको थियो ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । तालिवान समूहले पनि यो घटनाको निन्दा गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया