Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

नेपाल-खनाल पक्षका सबै सांसदले राजीनामा दिने

नेपाल-खनाल पक्षका सबै सांसदले राजीनामा दिने

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।

यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए ।

नेता नेपालका अनुसार शनिबारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् । ‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले कान्तिपुरसित भने, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं, भोलि (आइतबार) एकपटक बैठक बसेर राजीनामा दिन्छौं ।’ नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए । उनले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गरे ।

सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क) अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए । ‘राजनीतिक घटनाक्रम रातभरिमा के होला, कसो होला म जान्दिनँ, अहिलेसम्म छलफलका आधारमा हाम्रोतर्फबाट सम्पूर्ण प्रतिनिधिसभा सदस्यले राजीनामा दिने हो,’ उनले भने, ‘भोलि राजीनामा आउँछ ।’ शनिबार बसेको नेपालपक्षीय सांसदहरूको बैठकमा ओली समूहसँग अहिलेसम्म भएका वार्ता र त्यसको प्रगतिबारेमा नेताहरूले ब्रिफिङ गरेका थिए ।

त्यसपछि प्रत्यक्ष निर्वाचित २२ सांसदले मात्रै राजीनामा दिने कुरा उठेको थियो । अरूले ओलीविरुद्ध आफूहरू पनि रहेको र आफूहरूले पनि राजीनामा दिने बताएपछि खनाल–नेपालतर्फका सबै सांसद राजीनामा दिन तयार भएका हुन् । एमालेमा दुवै समूहले समानान्तर गतिविधि गर्दा खनाल–नेपाल पक्षमा ३८ जना सांसद थिए । पछि केही सांसद ओली पक्षमा लागे । अहिले खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ । ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

यसअघि पार्टीलाई एकढिक्का राख्ने उपाय खोज्न राष्ट्रपतिदेखि एमालेका दोस्रो तहका नेतासम्म सक्रिय भएका थिए । बिहीबार मध्यरातिसम्म र शुक्रबार दिनभरि भएको छलफलमा कार्यदल बनाउने र सहमतिको खाका तयार पार्ने विषयमा दोस्रो पुस्ताका नेता सहमत भएका थिए । खनाल–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बताएअनुसार ओली पक्षले थप संवादका लागि शनिबार खबर गर्ने भनेको थियो । तर बैठक बस्ने खबर दिनभरि नै आएन । त्यसपछि खनाल–नेपाल समूहका सांसदको बैठक बसेको थियो । स्रोतका अनुसार आइतबार दिउँसो खनाल–नेपालपक्षीय स्थायी कमिटी बैठक बसेपछि राजीनामाबारे औपचारिक निर्णय हुनेछ । त्यसपछि सांसदले एक्लाएक्लै राजीनामा बुझाउने छन्, सामूहिक रूपमा वक्तव्य निकाल्ने छन् ।

राजीनामा दिने सांसद स्वयं संसद् सचिवालयमा उपस्थित भएर सनाखत गर्नुपर्नेछ । ‘ओलीले प्रतिनिधिसभा चाहेका थिएनन्, उनले विघटन गरेको प्रतिनिधिसभालाई हाम्रो जोडबलमा ब्युँतायौं,’ उपमहासचिव घनश्याम भुसालले भने, ‘अहिले आफैंले ब्युँताएको प्रतिनिधिसभा सदस्यबाट हामीले नै राजीनामा दिनुपर्ने परिस्थिति आइलागेको छ, यो राजनीतिक इतिहासमा अनौठो घटना भएको छ ।’ उनले आफूहरू सांसद सदस्य रहे पनि नरहे पनि एमालेभित्रको संघर्ष कायम राख्ने बताए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदै छन् । खनाल–नेपाल पक्षका सांसदको राजीनामापछि जनता समाजवादी पार्टीको सिंगै टिम ओलीतिर लागे पनि विश्वासको मत पुग्ने छैन । त्यसपछि कांग्रेसलाई गठबन्धन सरकार बनाउन थप सहज हुनेछ भने विभाजन उन्मुख रहेको एमाले टुक्रिनका लागि थप अर्काे आधार बन्नेछ । शनिबार नै बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद्मा करिब दुई तिहाइ बहुमतसहित ठूलो दल भएको नेकपा छिन्नभिन्न भएको थियो । प्रतिनिधिसभा विघटनकै दिनदेखि ओली र दाहाल–नेपाल पक्षको कित्ता छुटिएको थियो । फागुन ११ मा सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि नेकपाको दाहाल–नेपाल समूह उत्साहित भएको थियो । फागुन २३ गते सर्वाेच्चको फैसलाले नेकपालाई एकताअघि पुर्‍याएर एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको खनाल–नेपाल समूहले पार्टीमा आन्तरिक संघर्ष गर्ने निर्णय गरेको थियो । तर फागुन २८ मा ओली पक्षले एकलौटी बैठक बसेर गरेका निर्णय एमाले फुटको आधार बन्यो । त्यसपछि ओली र खनाल–नेपाल पक्षका नेताहरू आआफ्नो गतिविधिमा लागेका थिए । पछिल्लो समय पार्टी एक गर्नुपर्छ भनेर प्रयास गरिए पनि असफल भएपछि नेपाल पक्षका नेताहरू सामूहिक राजीनामाको निष्कर्षमा पुगेका छन् ।

प्रतिक्रिया