Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै

आज प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।  

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।  प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। 

एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ। 

महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन्।  निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्।  नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ।

ह्वीप जारी 

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । 

पर्ख र हेरको रणनीतिमा माधव समूह 

सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ। 

आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए।  पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतापूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ। पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको चेतावनी छ। 

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन्। यो छलफलसँगै राजीनामा अहिलेलाई  रोकिएको छ। फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशन गर्नु भएको थियो। 

जसपाले मत नदिने 

संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध संसदमा पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ।

प्रतिनिधिसभा मतदान हुँदा जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउनेछैन।  पार्टी पदाधिकारीको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो।

आइतबार बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने बताएका थिए। र, बैठकमा पनि तटस्थ बस्ने प्रस्ताव गरेका थिए।  

तर संघीय परिषद्का अध्यक्ष  डा बाबुराम भट्टराई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा अडान राखेका छन्।  त्यसैले मध्यमार्गी सहमति खोजेर ह्वीप नलगाउने निर्णय भएको हो। सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने दिने भन्दै भट्टराई यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तटस्थ बस्न चाहनेले तटस्थ बस्न पाउने भन्दै आफूहरुले चाहिं विपक्षमा मतदान  गर्ने जानकारी दिए। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंक गणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो। संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्ष तथा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीका पक्षमा थिए। तर पार्टी भित्र अल्पमतमा परेपछि ठाकुर र महतो  तटस्थ बस्ने  निर्णयमा पुगेका हुन्। 

कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने 

संसदका कार्य व्यवस्था समितिले कोरोना संक्रमित सांसदले पनि विश्वासको मत लिने प्रस्तावमा भोट दिन पाउने व्यवस्था गरेको छ।  आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदले भोट दिन पाउने व्यवस्था गरेको हो। 

बैठकका लागि गरिएको पीसीआर परीक्षणमा २८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। ती सांसदलाई  स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सबाट बैठकस्थलमा लगिनेछ। अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदानमा सहभागी गराइने छ।

संसदको कार्यसूची 

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सोमबारको सम्भावित कार्यसूची प्रकाशित गरेको छ। सोमबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन्।

जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। 

प्रतिक्रिया