Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सामूहिक राजीनामाको तयारीमा नेपाल समूह

सामूहिक राजीनामाको तयारीमा नेपाल समूह

पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।

नेपाल समूहका एक नेताका अनुसार कसैलाई सघाउनभन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा दिन लागिएको हो । उनले भने– ‘समस्या नै ओली हुन्, अब फेरि ओलीलाई निरन्तरता दिन सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’संसद्मा विश्वासको मतदान हुनुअघि नै राजीनामा दिने तयारी गरे पनि अन्तिम समयमा उक्त समूहका सांसदहरू पछि हटेका थिए । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठन गर्नका लागि अब जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिनु नपर्ने भएको छ ।

गत २७ गते प्रतिनिधिसभामा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव असफल भएको थियो । सोही दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ ।नेपाल समूहले कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र समूहबाट मात्र नयाँ सरकार बन्ने सम्भावना नभएपछि वैकल्पिक सरकार बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन ओली लागिरहेको ठहरसमेत गरेको छ । नेपाल समूहले सर्वोच्च अदालतले पार्टी ब्युँताउने फैसला गरेसँगै पार्टीलाई २०७५ जेठ २ मा फर्कन आग्रह गरेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय सच्याउन नसकिने बताएपछि अन्ततः एमाले विभाजनको संघारमा पुगेको छ । नेपाल समूहले नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न आफूहरु राजीनामा दिन तयार भएको जानकारी सभापति देउवालाई गराइसकेको बताइएको छ ।

नेपाल समूहका नेता घनश्याम भुसालले बुधबार सामाजिक सञ्चालमार्फत ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गर्नुभएको छ । नेपाल समूहका २० सांसदले राजीनामा गर्दा प्रतिनिधिसभाको हाल कायम रहेको संख्या घट्न जान्छ, जसले गर्दा देउवालाई सरकार गठनका लागि संख्या जुटाउन सहज हुनेछ ।

देउवाको अग्रसरता

नयाँ सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता देखाउनुभएको छ । कांग्रेसलाई माओवादी केन्द्र र जसपा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समूहले साथ दिएको छ । सिंगो जसपा नआएमा देउवाको नेतृत्वको सरकार गठन गर्न माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिनुपर्ने हुन्छ ।बुधबार बसेको जसपाको पदाधिकारीको बैठकले कुनै निर्णय गर्न सकेन । पदाधिकारीको बैठकमा छलफल भए पनि कुनै सहमति नभएको जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार पुनः बैठक बसेर पार्टीले निर्णय गर्नेछ । जसपाभित्र अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो समूह नयाँ सरकार गठनमा सहभागी नहुने अडानमा रहनुभएको छ ।

यता, यादव र भट्टराई भने ओलीको विकल्पमा नयाँ सरकार गठनमा सहभागी हुनुपर्ने अडानमा रहनुभएको छ । जसपाका यादव नेतृत्वको सांसदले मत दिने र नेपाल समूहका सांसदले राजीनामा दिने निर्णय गर्नासाथ बहुमतको सरकार गठनका लागि देउवा अगाडि बढ्ने बताइएको छ । देउवाले बुधबार दिनभर सिंगो जसपालाई नै सरकारमा ल्याउन विभिन्न नेतासँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया