Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील

खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीन सरकारलाई अपील

कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् ।

नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायीलगायतले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन् ।

‘नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं,’ नेपाली नागरिकहरुको तर्फबाट राजदूत यान्छीलाई बुझाइएको संयुक्त अपीलमा लेखिएको छ ।

‘जागरुक नागरिकहरु’ भनेर ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको र परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको उल्लेख छ ।

आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख छ ।

नेपालमा स्वास्थ्य जनशक्ति र अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग छ भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको जानकारी पनि चीन सरकार र चिनियाँ नागरिकलाई गराइएको छ ।

चीन सरकारले नेपाललाई सन् २०१५ को गोरखा भूकम्प र भारतले लगाएको नाकाबन्दीका साथै कोरोना महामारीको बेला खोप, अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीमा गरेको सहयोगप्रति आभार व्यक्त गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको र नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया