Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अक्सिजन प्लान्ट खरिद गर्न बजेट पाए तर बोलपत्रमै अल्झिए सुदूरपश्चिमका जिल्ला अस्पतालः

अक्सिजन प्लान्ट खरिद गर्न बजेट पाए तर बोलपत्रमै अल्झिए सुदूरपश्चिमका जिल्ला अस्पतालः

सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेका बेला जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट खरिद अझै अन्योलमा छ। विवादित पनि उत्तिकै बनेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले एउटा ठूलो अक्सिजन प्लान्टसहित ६ मिनी प्लान्ट खरिद गर्न सामाजिक विकास मन्त्रालयलाई गत मंसिरमै स्रोत सुनिश्चिततासहित सहमति प्रदान गरेको थियो।

जसअनुसार ६ पहाडी जिल्ला अस्पतालहरुलाई सामाजिक विकास मन्त्रालयले ८० लाखका दरले वैशाख ६ गते रकम सूचिश्चताको पत्र पठाएको थियो। पत्र प्राप्त भएको एक महिना हुनै लाग्ण्दा समेत जिल्ला अस्पतालहरु बोलपत्र मै रोकिएका हुन्। जिल्ला अस्पतालहरुमा अक्सिजन अभावले दैनिक कोरोना संक्रमितहरुले ज्यान गुमाउन बाध्य छन्।

बझाङ जिल्ला अस्पतालका अध्यक्ष लालबहादुर खड्काले पहिले निकालेको बोलपत्रमा प्राविधिक त्रुटि भएकाले त्यो सच्याउन बदर गरिएको बताए।

खड्काले भने, “विवाद भएको होइन, १÷२ कुरा नमिलेको, प्राबिधिक पक्ष नमिलेकोले रद्द गरिएको हो। फेरि बोलपत्र आह्वान गरि सकिएको छ।”

सुदूरपश्चिम प्रदेश सरकारले डडेल्धुरा बाहेक पहाडी ६ जिल्ला अस्पताललाई ८० लाखका दरले रकम दिने आशयको पत्र पठाएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले वैशाख ६ गते सो आसयको पत्र जिल्ला अस्पतालहरुलाई पठाएको हो। तर अक्सिजन प्लान्ट खरिदको बोलपत्रको सूचनामै विवाद हुन थालेपछि जडानको प्रक्रिया अझै लम्बिने आशंका गरिएको छ। 

तर अक्सिजन प्लान्टका सप्लायर्स नै दर रेटबारे अनभिज्ञ देखिएकाले बोलपत्रको सूचना सार्वजनिक गर्दा समेत बुधबारसम्म एउटा पनि आसय नआएको दार्चुला अस्पतालका सुपरिटेण्डेन्ट डाक्टर आदर्श लिम्बुले बताए।

“प्रक्रियामा जानु पर्यो। सबै प्रक्रिया पूरा गर्नु पर्यो। दर रेट मागेको उहाँहरुले दर रेट नै दिनु भएको छैन। डिस्ट्रिब्युटरहरुले नै कताबाट मगाउने कसरी मगाउने, अलि समय लाग्छ भनेर दुई हप्ताको समय माग्नु भएको छ। तर कोही पनि सम्पर्कमा आएका छैनन्” डाक्टर लिम्बुले दिनेशखबरलाई बताए।

७ दिनको बोलपत्रको सूचना सार्वजनिक गर्ने र छोटो समयमै प्रदेशमा अक्सिजन प्लान्टहरु जडान गर्ने प्रदेश सरकारको योजना कार्यान्वयनमा ढिलाइ भएको हो। प्रदेशमा कोरोनाको भयावह अवस्था आएकाले २ हप्तामै प्लान्ट जडान गर्नुपर्ने जिल्ला अस्पतालहरुले बताए पनि बैतडीमा भने बोलपत्र नै निकालिएको छैन। 

प्रदेश सरकारले मिनी अक्सिजन प्लान्ट खरिद गर्न ८० लाख बजेट पठाएको छ।  “खरिद गर्न हामीले प्रक्रिया अगाडि बढाउदै छौँ। नोटिस त निक्लेको छैन”, बैतडी जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्त जोशीले भने। डोटी, बाजुरा र अछाम जिल्ला अस्पतालमा समेत अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छैन्। 

प्रतिक्रिया