Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानमन्त्रीबाट पुरानै मन्त्रिमण्डल गठन, बादललाई मन्त्री बन्न आचारसंहिताले छेकेन

प्रधानमन्त्रीबाट पुरानै मन्त्रिमण्डल गठन, बादललाई मन्त्री बन्न आचारसंहिताले छेकेन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन्।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन्। त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन्।

त्यस्तै नवनियुक्त राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

नेकपा एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा० नेपालको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन्।

प्रधानमन्त्री ओलीले सांसदै नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्री बनाएका छन्। जबकी सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन्।

निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गरेका छन्।  २७ वैशाखमा प्रधानमन्त्री ओली पदमुक्त भएसँगै बादलको मन्त्री पद स्वतः गुमेको थियो।

प्रतिक्रिया