ताजा अपडेट
तिन दिनमा नेपालमा ५ सय ८५ को मृत्यु, १५ हजार बढी कोरोना मुक्त !

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोश्रो भेरियन्ट फैलिए सँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढे सँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।
पछिल्ला तिन दिनमा नेपालमा १५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् । हिजो शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने ८ हजार ५ सय २० संक्रमित थपिएका छन् ।
यस्तै बुधबार र बिहीबार क्रमश ९ हजार ३ सय ५ जना र ८ हजार ९ सय ६० संक्रमित भेटिँदा क्रमश ४ हजार ४ सय ४४ र ५ हजार ५५ जना कोरोनालाई जितेर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो ३ दिनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो तिन दिनमा ५ सय ८५ जनाको मृत्यु भएको छ ।
तिन दिनमा सबै भन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ भने बुधबार १ सय ६८ जना र शुक्रबार २ सय ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण
-
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने
-
यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ
-
संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना
-
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण
प्रतिक्रिया