ताजा अपडेट
तिन दिनमा नेपालमा ५ सय ८५ को मृत्यु, १५ हजार बढी कोरोना मुक्त !
पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोश्रो भेरियन्ट फैलिए सँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढे सँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।
पछिल्ला तिन दिनमा नेपालमा १५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् । हिजो शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने ८ हजार ५ सय २० संक्रमित थपिएका छन् ।
यस्तै बुधबार र बिहीबार क्रमश ९ हजार ३ सय ५ जना र ८ हजार ९ सय ६० संक्रमित भेटिँदा क्रमश ४ हजार ४ सय ४४ र ५ हजार ५५ जना कोरोनालाई जितेर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो ३ दिनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो तिन दिनमा ५ सय ८५ जनाको मृत्यु भएको छ ।
तिन दिनमा सबै भन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ भने बुधबार १ सय ६८ जना र शुक्रबार २ सय ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया