Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

नेपाली कांग्रेस सभापती एवं पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि देउवाले संक्रमणको जोखिम व्यवस्थापनका लागी स्वास्थ्य सामाग्री डडेल्धुरा पठाएका छन ।

देउवाको सचिवालय बाट पठाईएका स्वास्थ्य सामाग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद व्यवस्थापन समिती संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रशाद घिमिरेलाई हस्तान्तरण गरे । देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामाग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेस सहित १५ थान, बेड लकर १५ थान, आई.भि. स्टेण्ड १५ थान, पिपिई ८५ थान र केही आवश्यक औषधीहरु रहेका छन ।

आवश्यकता अनुसार विपद व्यवस्थापन समितीले स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय मार्फत वितरण गर्ने छ । पहिलो चरणमा स्वास्थ्य सामाग्री जिल्ला पुगेको र अन्य सामाग्रीहरु पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिती प्रमुख भट्टले बताए । गत वर्ष लकडाउनमा खाद्यान्न पठाएका देउवाले यस वर्ष स्वास्थ्य सामाग्री पठाएको उनले बताए ।

संघिय सरकारको मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नती नगरिएकाले यसको उचित व्यवस्थापनका लागी प्रयास भईरहेको उनले बताए ।

प्रतिक्रिया