Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

नेपाली कांग्रेस सभापती एवं पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि देउवाले संक्रमणको जोखिम व्यवस्थापनका लागी स्वास्थ्य सामाग्री डडेल्धुरा पठाएका छन ।

देउवाको सचिवालय बाट पठाईएका स्वास्थ्य सामाग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद व्यवस्थापन समिती संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रशाद घिमिरेलाई हस्तान्तरण गरे । देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामाग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेस सहित १५ थान, बेड लकर १५ थान, आई.भि. स्टेण्ड १५ थान, पिपिई ८५ थान र केही आवश्यक औषधीहरु रहेका छन ।

आवश्यकता अनुसार विपद व्यवस्थापन समितीले स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय मार्फत वितरण गर्ने छ । पहिलो चरणमा स्वास्थ्य सामाग्री जिल्ला पुगेको र अन्य सामाग्रीहरु पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिती प्रमुख भट्टले बताए । गत वर्ष लकडाउनमा खाद्यान्न पठाएका देउवाले यस वर्ष स्वास्थ्य सामाग्री पठाएको उनले बताए ।

संघिय सरकारको मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नती नगरिएकाले यसको उचित व्यवस्थापनका लागी प्रयास भईरहेको उनले बताए ।

प्रतिक्रिया