Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुराको हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको  हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको हिमाली गाउँपालिकाले कोरोना परीक्षण गर्न समुदाय स्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिरहेको आशंकामा गाउँपालिकाले समुदायका नागरिकको स्वास्थ्य परीक्षण गर्न शनिबारबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

संक्रमित, सम्भाव्य स्थानबाट गाउँपालिकामा भित्रिएका केही नागरिकबाट समुदायमा कोराना संक्रमणको जोखिम निम्तिएको अवस्थामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको अवस्थामा यसको असर समुदायमा पनि परेकाले सबै नागरिकको स्वास्थ्य परीक्षण हुने गरी औषधी उपकरणसहित स्वास्थ्यकर्मीको सिंगो टोली समुदायमा परिचालन गरेको उनले बताए ।

समुदायका नागरिक सामान्य बिरामी परेका खबर सार्वजनिक भए पनि कोरोना संक्रमण पुष्टिको त्रासले स्वास्थ्य परीक्षण गर्न आनाकानी गरिरहेको उनको भनाइ छ । ‘प्रत्येक स्थानीयको घरदैलोमा पुगी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नेछन्’, गाउँपालिका अध्यक्ष मल्लले भने ।

गाउँपालिका ७ वटै वडाका बस्ती, टोल र घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले नागरिकको स्वास्थ्य परीक्षण गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।  गाउँपालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्रीसहित २२ जना स्वास्थ्यकर्मीको टोली स्थानीयको स्वास्थ्य परीक्षणमा खटाएको उनले बताए ।

भण्डारीले भने, ‘स्वास्थ्य परीक्षणमा गएको टोली स्टाफ नर्स, एचए, अहेब र अनमीलगायत स्वास्थ्यकर्मीको टोली साता दिनसम्म समुदाय स्तरमा रहनेछ । कोभिड-१९ सँग मिल्दाजुल्दो लक्षण भएका बिरामी समुदाय स्तरमा यत्रतत्र देखिन थालेपछि गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घर भेट कार्यक्रममा पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

स्वास्थ्यकर्मीले घरघरमै पुगेर कोरोना बिरामीको खोजी तथा उपचार, परामर्श र जनचेतनामूलक सन्देश दिनेछन् । कोभिड-१९ कहरले समुदायका मानिसमा त्रास फैलिए पनि स्वास्थ्य जाँच गर्न आनकानी गरेको स्वास्थ्यकर्मीले बताए । हालसम्म हिमाली गाउँपालिकामा मात्र २१ जना कोभिड-१९ बाट संक्रममित भइसकेका छन् ।

प्रतिक्रिया