Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाजुराको हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको  हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको हिमाली गाउँपालिकाले कोरोना परीक्षण गर्न समुदाय स्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिरहेको आशंकामा गाउँपालिकाले समुदायका नागरिकको स्वास्थ्य परीक्षण गर्न शनिबारबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

संक्रमित, सम्भाव्य स्थानबाट गाउँपालिकामा भित्रिएका केही नागरिकबाट समुदायमा कोराना संक्रमणको जोखिम निम्तिएको अवस्थामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको अवस्थामा यसको असर समुदायमा पनि परेकाले सबै नागरिकको स्वास्थ्य परीक्षण हुने गरी औषधी उपकरणसहित स्वास्थ्यकर्मीको सिंगो टोली समुदायमा परिचालन गरेको उनले बताए ।

समुदायका नागरिक सामान्य बिरामी परेका खबर सार्वजनिक भए पनि कोरोना संक्रमण पुष्टिको त्रासले स्वास्थ्य परीक्षण गर्न आनाकानी गरिरहेको उनको भनाइ छ । ‘प्रत्येक स्थानीयको घरदैलोमा पुगी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नेछन्’, गाउँपालिका अध्यक्ष मल्लले भने ।

गाउँपालिका ७ वटै वडाका बस्ती, टोल र घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले नागरिकको स्वास्थ्य परीक्षण गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।  गाउँपालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्रीसहित २२ जना स्वास्थ्यकर्मीको टोली स्थानीयको स्वास्थ्य परीक्षणमा खटाएको उनले बताए ।

भण्डारीले भने, ‘स्वास्थ्य परीक्षणमा गएको टोली स्टाफ नर्स, एचए, अहेब र अनमीलगायत स्वास्थ्यकर्मीको टोली साता दिनसम्म समुदाय स्तरमा रहनेछ । कोभिड-१९ सँग मिल्दाजुल्दो लक्षण भएका बिरामी समुदाय स्तरमा यत्रतत्र देखिन थालेपछि गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घर भेट कार्यक्रममा पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

स्वास्थ्यकर्मीले घरघरमै पुगेर कोरोना बिरामीको खोजी तथा उपचार, परामर्श र जनचेतनामूलक सन्देश दिनेछन् । कोभिड-१९ कहरले समुदायका मानिसमा त्रास फैलिए पनि स्वास्थ्य जाँच गर्न आनकानी गरेको स्वास्थ्यकर्मीले बताए । हालसम्म हिमाली गाउँपालिकामा मात्र २१ जना कोभिड-१९ बाट संक्रममित भइसकेका छन् ।

प्रतिक्रिया