Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

अछाममा पीसीआर परीक्षण बन्द भएको छ । स्वाब परीक्षण गर्ने मेसिन बिग्रिएकाले स्वाब परीक्षण कार्य रोकिएको हो । प्रयोगशालाले एक सूचना जारी गर्दै कोरोना परीक्षण कार्य रोकिएको जनाएको छ।

पीसीआर मेसिनमा समस्या आएका कारण कोरोना परीक्षण बन्द भएको सूचना अधिकारी टेकबहादुर बिष्टले बताए । मेसिन मर्मतका लागि काठमाडौं पठाइएको सूचना अधिकारी बिष्टले बताए । उनले भने, ‘आर्थिक अभाव प्रयोगशालाले झेलिरहेको छ, बजेटको व्यवस्था भए अर्को मेसिन राख्न सकिन्थ्यो, ब्याकअप केही छैन ।’  जिल्लामा एक मात्र पीसीआर प्रयोगशाला हुँदा सहज भएको थियो । तर त्यही प्रयोगशाला बन्द हुँदा कोरोना परीक्षण अनिश्चत बनेको छ ।

आर्थिक अभावमा ब्याकअप उपकरण, विद्युतको भरपर्दो विकल्प नहुँदा एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि यसअघि जिल्लाका केही मात्र स्थानीय तहले मात्र आर्थिक सहयोग गरेका थिए ।

कमलबजार नगरपालिकाको पहलमा संचालित प्रयोगशालामा आर्थिक समस्या रहेको भन्दै यसअघि जिल्लाका सबै पालिकालाई सहयोग माग गरिएको थियो । रकम उपलब्ध नहुँदा व्यावस्थापन गर्न कठिनाई भएको कमलबजार नगरपालिकाले जनाएको छ । प्रयोगशालामा अछामसहित बाजुरा र दैलेखका केही पालिकाको स्वाब समेत परीक्षण हुने गरेको छ ।

कमलबजारको मेसिन बिग्रिएपछि स्वाब परीक्षणका लागि डडेल्धुरा पठाएको साँफेबगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले बताए ।

प्रतिक्रिया