Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

खाडीका श्रमिकले गाँस कटाएर पठाए सिलिन्डर

खाडीका श्रमिकले गाँस कटाएर  पठाए सिलिन्डर

आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । 

कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् । ‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’ एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’

खाडी क्षेत्रमा कार्यरत श्रमिकको सहयोगबाट शनिबार काठमाडौंमा ओमानबाट ५ सय ६० सिलिन्डर आइपुगेको छ । सिलिन्डरको मूल्य ६३ हजार ७ सय डलर पर्थ्यो । भारतले पनि खाडीका कम्पनीबाट धमाधम सिलिन्डर उठाइरहेका बेला ओमानमा मौज्दात सिलिन्डरलाई जोगाइराख्न चुनौती थियो । ‘हामीले उपलब्ध सिलिन्डरबारे तुरुन्तै एनआरएनएको अन्तर्राष्ट्रिय नेतृत्वलाई जानकारी गरायौं । खाडी क्षेत्रबाट आर्थिक संकलन गरी सोधभर्ना गर्ने गरी आईसीसीबाट तुरुन्तै बिल भुक्तानी भयो,’ गैरआवासीय नेपाली सोसल क्लब, मस्कटका अध्यक्ष विकल झाले कान्तिपुरलाई भने, ‘सिलिन्डर सुरक्षित गर्न पाएपछि खाडी क्षेत्रमा आर्थिक संकलन सुरु भयो ।’

एनआरएनएका सचिव आरके शर्माका अनुसार खाडीमा कार्यरत नेपाली श्रमिक, व्यवसायी र संघसंस्थाले चार दिनमै उत्साहजनक सहभागिता जनाए । शनिबार साँझसम्म एक करोड ८ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये कतारमा ३५ लाख, बहराइनमा २० लाख, ओमानमा १५ लाख, संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ लाख, साउदी अरबमा १३ लाख र कुवेतबाट १० लाख भयो । ‘सिलिन्डरबाहेक थप स्वास्थ्य सामग्री दिन पनि अहिलेलाई आर्थिक अभियान जारी राखेका छौं,’ शर्माले भने ।

कतारमा कार्यरत तनहुँका करिमबक्स मियाँले मुलुकमा स्वास्थ्य संकट देखिएका बेला जीवन जोगाउने अभियानमा श्रमिकहरू स्वस्फूर्त तयार देखिएको बताए । ‘खाडीमा कार्यरत श्रमिकको एउटा छातीमा देश छ । अर्को छातीमा परिवार छ,’ उनले भने, ‘कोभिड महामारीमा परिवार, आफन्त र साथीभाइ असुरक्षित हुँदा हामीले निकै पीडादायी अनुभव गरेका छौं । कोभिडको असर कतिसम्म हुन्छ भन्ने हामीले यहाँ भोगिसकेका छौं । आफू मात्रै बाँचेर भएन, घरपरिवारलाई बचाउनुपर्‍यो ।’

गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा जुटाइएको सिलिन्डर लिन नेपाल सरकारले शनिबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाएको थियो । सिलिन्डर लिएर जहाज शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले समुदायसँगको हातेमालोले सिलिन्डर जुटाउन सफलता मिलेको बताइन् ।

कान्तिपुर 

प्रतिक्रिया