Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

रमित पाण्डे , लम्की, कैलाली

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको ब्याक्तीगत सहयोगमा कैलाली क्षेत्र २ मा अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । ५ वटा अटोलाई तयारी अवस्थामा राखिएको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिरहेको बेला बिरामी लाई अस्पताल सम्म जान सवारी साधन नपाईने समस्यालाई मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुरु गरिएको हो यस्तै कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरु लम्की अभियान मार्फत नेता शाहले करीब ८० अक्सिजन सिलिण्डरका लागि लम्की चुहा अस्पताललाई १ लाख रुपैयाँ, बर्दगोरीया गाउँपालिका स्वास्थ्य शाखालाई ३५ हजार गर्नु भएको अभियानका संयोजक खडानन्द सापकोटाले जानकारी दिनु भयो । नेता शाहकाे कोरोना नियन्त्रणको लागि गरेको पहलकदमी एकदमै तारिफ योग्य छ। उहाँले आफ्नो खाद्य भवनलाई अस्थायी कोरोना अस्पताल (Isolation Ward) बनाउन सहमती दिइ सक्नु भएको छ । शाहले पहिलो लहरको कोरोना कालमा पनि ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग,कैलाली क्षेत्र नम्बर २ का २४३ महिना स्वास्थ्य स्वयसेबिकाको कोरोना बिमा लगायत बाढि पीडित लाई पनि सहयोग गर्नु भएको थियो । अटो एम्बुलेन्स सेवा सुरु गरिएको कार्यक्रममा कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरुका संयोजक खडानन्द सापकोटाले आफुहरुले अहिले यो अभियान चलाएकोले अभियानमा जोडिन सबै लाइ आग्रह गर्नु भयो, साथै उहाँले बिदेशमा बस्ने आम नेपाली सङ्ग सहयोगकाे अपिल गर्ने समेत बताउनु भयो । १ लाखको चेक ग्रहण गर्दै लम्की चुहा अस्पतालका व्यावस्थापक जयन्द्र जैशीले अस्थाई आईसोलेसन बनाउन खाद्य भवन दिने निर्णय निकै स्वागत योग्य भएकाले उक्त ठाउँमा आईसोलेसन निर्माण गर्न आफुहरु छ्लफलमा भइ रहेको बताउदै शाहले सहयोग गरे जस्तै अन्य ब्यावसायी हरुले पनि सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्नु भयो । एक जना अटो चालकले यो मानबिय कार्यमा आफुहरु अभियानमा होडिएकोमा खुशि ब्याक्त गर्दै स्वास्थ्य मापदण्ड अपनाएर बिरामी बोक्ने बताउनु भयो । एम्बुलेन्स अटोरिक्सा चालकहरुको स्वास्थ्य सुरक्षाको लागि चालकलाई पिपिई सेट समेत उपलब्ध गराइएको छ । सेवा लिनको लागि ९८५११५०४४/ ९८६२४८२८९८/ ९८५८४२१८५६/ ९८६०४३४२३५/ ९८६००३०१७५ र ९८४०७२८१३० नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया