Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

रमित पाण्डे , लम्की, कैलाली

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको ब्याक्तीगत सहयोगमा कैलाली क्षेत्र २ मा अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । ५ वटा अटोलाई तयारी अवस्थामा राखिएको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिरहेको बेला बिरामी लाई अस्पताल सम्म जान सवारी साधन नपाईने समस्यालाई मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुरु गरिएको हो यस्तै कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरु लम्की अभियान मार्फत नेता शाहले करीब ८० अक्सिजन सिलिण्डरका लागि लम्की चुहा अस्पताललाई १ लाख रुपैयाँ, बर्दगोरीया गाउँपालिका स्वास्थ्य शाखालाई ३५ हजार गर्नु भएको अभियानका संयोजक खडानन्द सापकोटाले जानकारी दिनु भयो । नेता शाहकाे कोरोना नियन्त्रणको लागि गरेको पहलकदमी एकदमै तारिफ योग्य छ। उहाँले आफ्नो खाद्य भवनलाई अस्थायी कोरोना अस्पताल (Isolation Ward) बनाउन सहमती दिइ सक्नु भएको छ । शाहले पहिलो लहरको कोरोना कालमा पनि ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग,कैलाली क्षेत्र नम्बर २ का २४३ महिना स्वास्थ्य स्वयसेबिकाको कोरोना बिमा लगायत बाढि पीडित लाई पनि सहयोग गर्नु भएको थियो । अटो एम्बुलेन्स सेवा सुरु गरिएको कार्यक्रममा कोरोना संक्रमितहरुका लागि सहयोगि हातहरुका संयोजक खडानन्द सापकोटाले आफुहरुले अहिले यो अभियान चलाएकोले अभियानमा जोडिन सबै लाइ आग्रह गर्नु भयो, साथै उहाँले बिदेशमा बस्ने आम नेपाली सङ्ग सहयोगकाे अपिल गर्ने समेत बताउनु भयो । १ लाखको चेक ग्रहण गर्दै लम्की चुहा अस्पतालका व्यावस्थापक जयन्द्र जैशीले अस्थाई आईसोलेसन बनाउन खाद्य भवन दिने निर्णय निकै स्वागत योग्य भएकाले उक्त ठाउँमा आईसोलेसन निर्माण गर्न आफुहरु छ्लफलमा भइ रहेको बताउदै शाहले सहयोग गरे जस्तै अन्य ब्यावसायी हरुले पनि सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्नु भयो । एक जना अटो चालकले यो मानबिय कार्यमा आफुहरु अभियानमा होडिएकोमा खुशि ब्याक्त गर्दै स्वास्थ्य मापदण्ड अपनाएर बिरामी बोक्ने बताउनु भयो । एम्बुलेन्स अटोरिक्सा चालकहरुको स्वास्थ्य सुरक्षाको लागि चालकलाई पिपिई सेट समेत उपलब्ध गराइएको छ । सेवा लिनको लागि ९८५११५०४४/ ९८६२४८२८९८/ ९८५८४२१८५६/ ९८६०४३४२३५/ ९८६००३०१७५ र ९८४०७२८१३० नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया