Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

केही नेताका विभाजनकारी सोचले एमाले-माओवादी एकीकरण निष्कर्षमा पुगेन: ओली

केही नेताका विभाजनकारी सोचले एमाले-माओवादी एकीकरण निष्कर्षमा पुगेन: ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन्। 

मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृत:संकल्पित छौं।’

उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने पनि उल्लेख गरेका छन्।

साथै ओलीले तीन वर्षअघि एमाले र माओवादी एकीकरण गरिएको सम्झँदै कतिपय नेताका कारण एकीकरण निश्कर्षमा नपुगेको बताएका छन्।

‘तीन वर्षअगाडि आजकै दिन एमाले र माओवादी एकीकरण गरेका थियौं। विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने त्यो हाम्रो इमान्दार प्रयास थियो,’ ओलीले भनेका छन्, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन।’

प्रतिक्रिया