Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुसँग हाम्रो कुरा मिल्यो भने मिल्यो, हाम्रो माग सम्बोधन गर्ने भए गर्नुस् । हाम्रो माग सम्बोधन नगरी हतारिएर विश्वासको मत लिनुभयो भने त्यो असफल हुन्छ ।’

महन्थ र राजेन्द्रको माग सम्बोधन नगरी विश्वासको मत लिन तम्सियो भने आफूलाई नै घातक हुने निष्कर्षमा ओली पुगेको स्रोतले बतायो । 

बजेट कसरी ल्याउने ? अल्मलिए प्रधानमन्त्री   

स्रोतका अनुसार बजेट अध्यादेशबाटै ल्याउने ओलीको कार्ययोजना थियो । काँग्रेस नेताहरुसँगको कुराकानीमा अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आएको सुनाएका थिए ।

ठाकुर र महतोको चेतावनीपूर्ण बार्गेनिङबाट ओली हच्किएको बुझिएको छ । स्रोतले भन्यो, ‘सुरुमा अर्थमन्त्रीजीसँग कुरा हुँदा अध्यादेशबाट बजेट ल्याउँछु भन्नुभयो । हिजो (शनिबार) कुरा गर्दा उहाँले के हुन्छ, प्रधानमन्त्रीज्यूले माइन्डसेट बनाउनुभएको छैन भन्नुभयो ।’

यतिबेला जसपाको बार्गेनिङ पावर बलियो भएकाले आफ्ना मुद्दाको सम्बोधन गराइछाड्ने महतोको भनाइ छ । उनले भने, ‘हाम्रो माग आंशिक सम्बोधन भए हामी तटस्थ बस्यौं । पूरा सम्बोधन भयो भने सरकारमा जानेबारे पनि सोच्न सकिन्छ । हाम्रो माग पूरा नभई हामी सत्ताको खेलमा लाग्दैनौं । हाम्रो कसैलाई समर्थन रहँदैन । माग सम्बोधन नभए फेरि पनि हामी तटस्थ नै बस्छौं ।’

ओली सरकारलाई विश्वासको मत नदिएकाले बजेटका सन्दर्भमा पनि समर्थन गर्ने ÷ नगर्ने ठाकुर–महतो पक्षले नीति बनाइसकेको छैन ।

ओलीले पार्टी विवाद मिलाएर १२१ जना सांसदको समर्थन जुटाउन सफल भएको अवस्थामा जसपाको ठाकुर–महतो पक्षले समर्थन गर्दा सरकारको बजेट पास हुने अवस्था बन्ने देखिन्छ ।

अहिलेसम्म प्रिबजेटको छलफलको तयारी समेत नहुँदा यसपालि बजेट कसरी आउँछ भन्ने अन्योल छ । आइतबार सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटका सन्दर्भमा पत्रकारको प्रश्नको समना गर्नुपरेको थियो ।

बजेट ल्याउन १३ दिन मात्र बाँकी रहँदासम्म पनि संसद अधिवेशन आह्वानसमेत नहुनुले अध्यादेशबाट बजेट ल्याउन लागिएको आम बुझाइ छ । यही आशंकासहित सोधिएको प्रश्नमा अमूर्त जवाफ दिँदै प्रधानमन्त्रीले प्रतिनिधिसभा जीवितै रहेको बताएका थिए ।

उनले प्रतिनिधिसभाबाट प्रक्रियाअनुसार नै बजेट ल्याउने आशय प्रकट गरेको बुझिन्थ्यो । तर, अहिलेसम्म प्रिबजेट छलफल नगर्नुलाई विपक्षी दलले शंकाको दृष्टिकोणले हेरेको पाइन्छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले संसदलाई छल्न खोजेको आरोप लगाए । ‘प्रिबजेट छलफल हुनुपर्ने थियो, यसपटक भएन । उहाँहरुले संसदलाई छल्न खोजेको जस्तो देखिन्छ । संसदलाई छल्न पाइँदैन,’ पूर्वअर्थमन्त्री पुनले भने ।

बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिएर संसदमा जाँदा राम्रो हुने पुनको भनाइ छ । उनले भने ‘विश्वासको मत लिने काम नभए पनि बजेटचाहिँ संसदमा आउनुपर्छ ।’

ओलीले सोचेजस्तो भएन राजनीति

२७ बैशाखमा प्रतिनिधिसधामा विश्वासको मत लिन आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक कार्ययोजना बनाएका थिए । उनले पाँचवटा परिस्थितिको विश्लेषण गरी विश्वासको मत लिन संसदमा आएको अहिले खुलेको छ । पाँचवटै रणनीति उनले आफ्नो टिमलाई बिफ्रिङ पनि गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार आफ्नो योजना देउवासम्म पुर्याउन ओलीले अर्थमन्त्री विष्णु पौडललाई काँग्रेस नेता बालकृष्ण खाणसँग भेट्न पठाएका थिए । बैशाख ८ गते मेरियट होटलमा पौडेल र खाणबीच लामो संवाद भएका थियो ।

तीन वर्ष ओलीसँग सम्झौताको राजनीति गरेका देउवा यसपटक भने ओलीको कार्ययोजना अनुसार जानेभन्दा पनि आफैं प्रधानमन्त्री हुने रणनीतिमा जुटे । तर, ओली भने आफ्नो मिसनअनुसार नै २७ गते संसदमा प्रस्तुत भए ।

विश्वासको मत लिने र त्यो पास नहुँदा पदमुक्त हुने, संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्न नदिने, ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने र संसद भंग गरेर चुनावमा जाने ओलीको कार्ययोजना रहेको बुझिएको छ ।

तर, जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोको बलियो साथ र पार्टीमा बिद्रोह गरिरहेका झलनाथ खनाल र माधव नेपाल पक्षको लचकताबाट ओली केही ‘ब्याक’ भएको पाइएको छ । जसले उनलाई फेरि संसद विघटनको असंवैधानिक बाटो रोज्ने दुसाहसबाट केही समयलाई भए पनि जोगाएको छ ।

अब संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेका प्रधानमन्त्रीले विश्वासको मत पाउन सकेनन् भने ७६ को ५ मा जान ओली बाध्य छन् । एमालेको माधव नेपाल पक्षलाई विश्वासमा लिएको अवस्थामा अब ७६ को ५ मा एमालेसहितको बहुमत जुटाएर सरकार बन्ने सम्भावना पनि ओलीले देखेका छन् ।

यद्यपि, जसपाको ठाकुर र महतोले ओलीको साथ छाडेको खण्डमा भने एमालेका १२१ सांसदले मात्र बहुमत पुग्ने र ओलीले विश्वासको मत पाउने सम्भावना कम छ ।

साथै महन्थ–राजेन्द्रलेले संसद भंग गरेर तत्काल चुनावमा जाने कुरामा सहमत नभएको ओलीलाई बताइसकेको स्रोतको दाबी छ । ‘यसपछि संविधानको धारा ७६ (५) मा जानुपर्छ । तपाईंले संसद भंग गरेर चुनावमा जाने कुरामा हामी सहमत छैनौं, पहिला हाम्रो मुद्दा सम्बोधन गर्नुस्,’ ठाकुर र महतोको भनाइ उधृत गर्दै स्रोत बताउँछ ।

आफ्ना माग सम्बोधन भए मौत्र जस्तोसुकै अवस्थामा साथ दिने ठाकुर र महतोले ओलीलाई बताएका छन् । ‘त्यस्तो अवस्थामा हामी सरकारमा पनि आउन सक्छौं, बाहिरैबाट पनि समर्थन गर्न सक्छौं’ महन्थ–राजेन्द्र पक्षको बटमलाइन उधृत गर्दै जसपा स्रोत भन्छ, ‘यदि तपाईंले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन वा चाहनुभएन भने  काँग्रेस–माओवादी गठबन्धनसँग कुरा मिल्छ । हामी नयाँ सरकार बनाएर हाम्रा माग सम्बोधनका लागि अगाडि बढ्नुपर्ने हुन्छ ।’

संवैधानिक प्रक्रियाअनुसार संविधानको धारा ७६ को ५ मा काँग्रेस, माओवादी र जसपा एक ठाउँमा उभिँदा ओलीले सत्ता गुमाउनुपर्ने हुन्छ । तर, काँग्रेसका एक नेताका अनुसार ओली आफ्नो ताकतले भ्याएसम्म बालुवाटार नछोड्ने रणनीतिमा छन् । त्यसका लागि उनले जसपाको ठाकुर र महतो मात्र होइन, शक्ति राष्ट्रसँग पनि त्यही ढंगकै डिल गरेको काँग्रेस नेताको बुझाइ  छ ।

‘हाम्रो दक्षिण छिमेकीलाई जे–जे भन्नुहुन्छ, त्यही त्यही गर्छु भन्नुभएको छ । अहिले माडीमा राम अयोध्या बनाउँछु । पशुपतिमा मैले जलप लगाउँछु । नेपाललाई हिन्दु राष्ट्र गराउँछुसम्म भनेर भन्नुभएको छ,’ ती नेताले ओलीमाथि आरोप लगाए ।

उता उत्तरी छिमेकी (चीन)लाई कुनै हालतमा एमसीसी पास गर्दिनँ भनेर ओलीले विश्वासमा लिएको काँग्रेसका नेताको टिप्पणी छ । तर, अमेरिकनहरुलाई कुनै हालतमा एमसीसी पास गर्छु भनी ओलीले बचन दिएको ती काँग्रेसी नेता बताउँछन् ।

प्रतिक्रिया