Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।

आईसीएमआरले प्लाज्मा थेरामीको कारण संक्रमितको अवस्थामा सुधार आउने कुनै प्रमाण फेला नपरेको बताएको छ । यद्यपि रजिस्टर्ड डाक्टरलाई भने आईसीएमआरको निर्देशिका पालना गर्नु अनिवार्य हुँदैन ।

आईसीएमआरले गत वर्ष नै चार सय संक्रमितमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो । यो अध्ययनमा यसबाट खासै फाइदा नपुग्ने पाइएको थियो । अन्तर्राष्ट्रिय स्तर गरिएको परीक्षणमा पनि प्लाज्मा थेरापी खासै प्रभावकारी नभएको पाइएको थियो ।

हालै मात्र प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटले पाँच हजार संक्रमितको गरिएको परीक्षणको आधारमा एक रिसर्च छापेको थियो । यसमा पनि कोरोनाको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी नरहेको उल्लेख थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ