Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

अछाम

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले आज जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगाना ,जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अतुल भारद्वाज लाई १३ वटा अक्सिजन ग्यास हस्तान्तरण गर्नुभएको हो । अहिलेको विषम परिस्थितिमा जनताले अक्सिजन नपाएर अकालमै ज्यान नगुमाउनु भन्ने उदेश्यले बोल्ने थलिले जिल्ला अस्पताल अछामलाई अक्सिजन उपलब्ध गराएको बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले बताए ।

अछाम जिल्ला बाट संघ तथा प्रदेश सभामा प्रतिनिधि गर्ने ११ जना सांसद छन् । जनता अक्सिजन अभाव बिना छट्पटि रहदा पनि उनिहरु कानमा तेल हालेर सुतिरहेको अवस्थामा ११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्याथलिले अक्सिजन दिएको भन्दै सरोकारवालाहरुले खुशी ब्यक्त गरेकाछन । यो महाविपत्तिमा बोलन्या थलीले सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा आफुले सक्ने जती सहयोग गर्ने बोलन्या थलीका संयोजक यादब जोशीले बताए । साथै जोशीले बोलन्या थलीले संचालन गरेको प्राणका लागि रु ५०० अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद समेत दिनुभयो ।

केही दिन पहिले मात्रै बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट गाडी सहित आफै नेपालगन्ज पुगेर डोटि र डडेल्धुरा जिल्लामा अक्सिजन उपलब्ध गराउनु भएको थियो । कोरोना भाइरस कोभिड १९ ले मुलुक नै आक्रान्त बनेको यो अबस्थामा जनताको जिउधन लाई मध्यनजर गर्दै अस्पताललाई सहयोग गरेकोमा अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया