Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

अछाम

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले आज जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगाना ,जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अतुल भारद्वाज लाई १३ वटा अक्सिजन ग्यास हस्तान्तरण गर्नुभएको हो । अहिलेको विषम परिस्थितिमा जनताले अक्सिजन नपाएर अकालमै ज्यान नगुमाउनु भन्ने उदेश्यले बोल्ने थलिले जिल्ला अस्पताल अछामलाई अक्सिजन उपलब्ध गराएको बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले बताए ।

अछाम जिल्ला बाट संघ तथा प्रदेश सभामा प्रतिनिधि गर्ने ११ जना सांसद छन् । जनता अक्सिजन अभाव बिना छट्पटि रहदा पनि उनिहरु कानमा तेल हालेर सुतिरहेको अवस्थामा ११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्याथलिले अक्सिजन दिएको भन्दै सरोकारवालाहरुले खुशी ब्यक्त गरेकाछन । यो महाविपत्तिमा बोलन्या थलीले सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा आफुले सक्ने जती सहयोग गर्ने बोलन्या थलीका संयोजक यादब जोशीले बताए । साथै जोशीले बोलन्या थलीले संचालन गरेको प्राणका लागि रु ५०० अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद समेत दिनुभयो ।

केही दिन पहिले मात्रै बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट गाडी सहित आफै नेपालगन्ज पुगेर डोटि र डडेल्धुरा जिल्लामा अक्सिजन उपलब्ध गराउनु भएको थियो । कोरोना भाइरस कोभिड १९ ले मुलुक नै आक्रान्त बनेको यो अबस्थामा जनताको जिउधन लाई मध्यनजर गर्दै अस्पताललाई सहयोग गरेकोमा अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया