Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैशाख १९ गते राती अछामलाई लकडाउन गरियो । तर अछामका गाउँमा भने त्यसको खासै प्रभाव परेको छैन । यहाँका स्थानीय सदाझैं आफ्नो नियमित काम गरिरहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयले यहँ“का विद्यलय बन्द गरि पनि  गाउँका चिया पसल निवार्ध रुपमा संचलानमा छन् । गाउ“मा सामान्य घाखोकीका बिरामी भएपनि कोरोनाको प्रभावबाट कोहीपनि त्रसित नदेखिएको स्थानीयले बताएका छन् । ‘गाउँमा चिया पसलहरु खुलै हुन्छन् । भारतबाट आएका बाहिर बाट आएकाहरु एकै ठाउँमा झुमिन्छन् ’ ढकारीका पूर्णबहादुर बुढाले भने ,‘ ढकारी बजार , ढंग्नेटा बजार बन्द छन् । गाउका चियापसल खुला छन् । यसले गर्दा संक्रमणको डर छ ’ चहलपहल हुने बजारमा मात्रै नभएर गाउँगाउँमा पनि चिया पसल बन्द गर्न सचेतना जगाउनु पर्ने उनको भनाइ छ ।

सदरमुकाम मंगलसेन ,जिल्लाका मुख्य व्यपारिक केन्द्र साँफेबगर , जयगढ , मुजाबगर , कमलबजा र बिनायक बाहेक ग्रामिण भेगमा निषेधज्ञाको प्रभाव नपरेको हो । भारत बाट आएका , काठमाडौं बाट आएका सबै गाउँमा ढुक्कले हिड्ने, जाँड खाएर बरालिने गरेको स्थानीय बताउछन् ।

‘अहिले कोरोनाको डरले गाउँमा मान्छे धेरै आएका छन् । काफल पाक्ने सिजल भएकाले हुल बाधेर हिडेको देखिन्छ ’ साँफेबगर ९ का जगत कुँवरले  भने ,‘ बजार गए सर्ने , अरु ठाउँमा हुल बनाएर गए नसर्ने भन्ने हुँदैन । स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ ।’ दैनिक जसो लोकल जीप दर्जनौं यात्रु लिएर आवत जावत गरीरहन्छन । भित्रभित्रै बिवाह , व्रतबन्ध जस्ता काम पनि ठूलो संख्यामा मान्छे उपस्थिती गराएर गर्ने गरेको उनले बताए ।

गाउँमा विवाह , व्रतबन्ध जस्ता काम नरोकीएको ढकारी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी साउद बताउछिन्  । ‘गाउँका चिया पसलहरु खुला छन् । ढकारी देखि चोइटे खालसम्म अनुगमन गर्यौं ’उनले भनिन् ‘ अहिले अनुगमनमा निस्कन पनि गाह्रो छ । संक्रमितहरु बढिरहेका छन् । गाउँका मान्छेले आफैं पनि डर मान्नु पर्ने हो । सकेसम्म चाडै अनुगमन गर्छौ । जनता नरहे कसका लागि राजनिति गर्ने भन्ने चिन्ता हामीलाई पनि छ ।’

लकडाउन प्रभावकारी भए नभएको स्थानीय तहस्तरको अनुगमन समितिलाई जिम्मेवारी भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ले बताए । ‘प्रहरी प्रशासनको आवश्यक्ता परेको हो भने स्थानीय तहहरुले खबर गर्नु पर्यो ।  टोलटोलमा पुगेर माइकिङ गर्न जनचेतना फैलाउन भनेका छौं  ’ प्रजिअ मल्लले भने ,‘ स्थानीय तहमा गएर अनुगमन गर्न भनेर प्रहरीलाई भनेका छौं । बाहिर निस्क्यो भने प्रशासनले कारबाहि गर्छ भन्ने कुरा सबैले थाहा पाउन जरुरी छ ।  पालिकास्तरमा अनुगमन पनि समिति छ । ’ जनप्रतिनिधिको सक्रीयता बढेका संक्रमण रोकथा गर्न सकिने उनको भनाइ छ ।  गाउँसम्म पहु“च भएको जनप्रतिनिधिको छ । प्रशासनको मात्रै जिम्मेवार होइन । प्रत्येक पालिकामा प्रहरीको युनिट छ । सबैले खट्नु पर्यो ।’

प्रतिक्रिया