Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दाउन्नेमा बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

दाउन्नेमा  बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै रुकुम पश्चिमका हुन् ।दुर्घटनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

काठमाडौंबाट दुई जिल्लाका यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।  

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बस पहाडबाट १ सय ५० मिटर तल खसेको थियो । बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई समेत काठमाडौंबाटै चढाइएको थियो । दुर्घटनामा घाइते भइ चिसापानी अस्पतालमा उपचार गराई रहेका सल्यानका मोहन रानाले भने,‘ हामी अर्को बसमा थियौं । बस नजाने भएपछि हामीलाई पनि यही बसमा पठाइयो ।’ 

बसमा ५८ यात्रु थिए । दुर्घटना ब्रेक फेल भएर हुन पुगेको चालकलाई उद्दृत गर्दै प्रहरी नायब उपरीक्षक लामाले बताए। तर चिसापानी अस्पतालमै उपचार गराई रहेका सल्यानका अर्का घाइते यात्रु प्रकाश रानाका अनुसार चालकसँगै रहेका क्याबिनमा यात्रुहरुले गीत गाइ रहेका थिए । गीत गाउनेमाथि चालकले पटकपटक हेर्दै गाडी चलाउँदै गरेकाले दुर्घटना भएको हुनसक्छ।

प्रतिक्रिया