Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दाउन्नेमा बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

दाउन्नेमा  बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै रुकुम पश्चिमका हुन् ।दुर्घटनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

काठमाडौंबाट दुई जिल्लाका यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।  

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बस पहाडबाट १ सय ५० मिटर तल खसेको थियो । बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई समेत काठमाडौंबाटै चढाइएको थियो । दुर्घटनामा घाइते भइ चिसापानी अस्पतालमा उपचार गराई रहेका सल्यानका मोहन रानाले भने,‘ हामी अर्को बसमा थियौं । बस नजाने भएपछि हामीलाई पनि यही बसमा पठाइयो ।’ 

बसमा ५८ यात्रु थिए । दुर्घटना ब्रेक फेल भएर हुन पुगेको चालकलाई उद्दृत गर्दै प्रहरी नायब उपरीक्षक लामाले बताए। तर चिसापानी अस्पतालमै उपचार गराई रहेका सल्यानका अर्का घाइते यात्रु प्रकाश रानाका अनुसार चालकसँगै रहेका क्याबिनमा यात्रुहरुले गीत गाइ रहेका थिए । गीत गाउनेमाथि चालकले पटकपटक हेर्दै गाडी चलाउँदै गरेकाले दुर्घटना भएको हुनसक्छ।

प्रतिक्रिया