Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलले आई/ओ २०२१ मार्फत आफ्ना सबै प्लेटफर्मका लागि विभिन्न प्रकारका नयाँ सेफ्टी कन्ट्रोल जारी गरेको छ । कम्पनीको नयाँ अप्सनमा क्विक डेलिट अर्थात तुरुन्तै डिलिट गर्न सकिने अप्सन पाउन सकिनेछ ।

यसको सहयोगमा प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट मेनुमा सिंगल ट्याप गरेकै भरमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सक्नेछन् । कम्पनीले यो फिचर प्रयोगकर्ताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

जसले प्रयोगकर्तालाई आफ्नो निजी जानकारी सुरक्षित राख्न सघाउनेछ । प्रयोगकर्ताले यो नयाँ क्विक डिलिट फिचर गुगल सर्चको सेटिङमा पाउन सक्नेछन् । जसलाई एकपटक क्लिक गरेकै भरमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट हुनेछ ।

कम्पनीको यो फिचर आउँदा दिनमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । यसबाहेक गुगलले एउटा अर्को फिचर ल्याउनेछ । जसमा गुगल फोटोमा एउटा पासकोडबाट लक गरिएको फोल्डर हुनेछ । यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ, जसलाई आफ्नो निजी फोटो अरुले देख्ला कि भन्ने डरले सताइरहेको हुन्छ ।

कम्पनीले अब प्रयोगकर्ताले आफ्नो ग्रिड वा शेयर गरिएको एल्बममा स्क्रोल गर्दा फोटो देखिनेछैन । यो फिचर सबैभन्दा पहिला गुगल पिक्सेलमा आउनेछ । त्यसपछि एकवर्षभित्र सबै एन्ड्रोइड फोनहरुमा यो फिचर प्रयोग गर्न सकिनेछ ।

यसैगरी गुगलले म्यापभित्र लोकेसन हिस्ट्री रिमाइन्डर नामक एउटा सेफ्टी कन्ट्रोल फिचर थप गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा त्यस्ता लोकेसन देख्नसक्नेछन्, जहा उनीहरु पुगिसकेका छन् ।

प्रयोगकर्ताले यो लोकेसन गुगल म्यापमा देख्न सक्नेछन् । लोकेसन हिस्ट्री अन रहेको जानकारी दिन गुगलले यो फिचर ल्याएको हो । यस अलावा गुगल एन्ड्रोइड १२ को रुपमा एउटा नयाँ प्राइभेसी ड्याशबोर्ड रहनेछ । जसमा प्रयोगकर्ताले एउटा टाइमलाइन देख्न सक्नेछन् ।

एपले कहिले क्यामेरा, माइक्रोफोन वा डिभाइस लोकेसनको एक्सेस लिएको छ भन्ने जानकारी दिनेछ । यसले डिभाइस क्यामेरा वा माइक्रोफोन प्रयोग हुँददा त्यसलाई इन्डिकेटरको रुपमा देख्न सकिनेछ ।

यसबाहेक त्यसलाई डिसेबल गर्ने अप्सनका साथै गुगल प्रयोगकर्तालाई सही लोकेसनका अलावा कुनै एपमा आफ्नो अनुमानित लोकेसन शेयर गर्ने अप्सन समेत दिनेछ ।

प्रतिक्रिया