Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलले आई/ओ २०२१ मार्फत आफ्ना सबै प्लेटफर्मका लागि विभिन्न प्रकारका नयाँ सेफ्टी कन्ट्रोल जारी गरेको छ । कम्पनीको नयाँ अप्सनमा क्विक डेलिट अर्थात तुरुन्तै डिलिट गर्न सकिने अप्सन पाउन सकिनेछ ।

यसको सहयोगमा प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट मेनुमा सिंगल ट्याप गरेकै भरमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सक्नेछन् । कम्पनीले यो फिचर प्रयोगकर्ताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

जसले प्रयोगकर्तालाई आफ्नो निजी जानकारी सुरक्षित राख्न सघाउनेछ । प्रयोगकर्ताले यो नयाँ क्विक डिलिट फिचर गुगल सर्चको सेटिङमा पाउन सक्नेछन् । जसलाई एकपटक क्लिक गरेकै भरमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट हुनेछ ।

कम्पनीको यो फिचर आउँदा दिनमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । यसबाहेक गुगलले एउटा अर्को फिचर ल्याउनेछ । जसमा गुगल फोटोमा एउटा पासकोडबाट लक गरिएको फोल्डर हुनेछ । यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ, जसलाई आफ्नो निजी फोटो अरुले देख्ला कि भन्ने डरले सताइरहेको हुन्छ ।

कम्पनीले अब प्रयोगकर्ताले आफ्नो ग्रिड वा शेयर गरिएको एल्बममा स्क्रोल गर्दा फोटो देखिनेछैन । यो फिचर सबैभन्दा पहिला गुगल पिक्सेलमा आउनेछ । त्यसपछि एकवर्षभित्र सबै एन्ड्रोइड फोनहरुमा यो फिचर प्रयोग गर्न सकिनेछ ।

यसैगरी गुगलले म्यापभित्र लोकेसन हिस्ट्री रिमाइन्डर नामक एउटा सेफ्टी कन्ट्रोल फिचर थप गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा त्यस्ता लोकेसन देख्नसक्नेछन्, जहा उनीहरु पुगिसकेका छन् ।

प्रयोगकर्ताले यो लोकेसन गुगल म्यापमा देख्न सक्नेछन् । लोकेसन हिस्ट्री अन रहेको जानकारी दिन गुगलले यो फिचर ल्याएको हो । यस अलावा गुगल एन्ड्रोइड १२ को रुपमा एउटा नयाँ प्राइभेसी ड्याशबोर्ड रहनेछ । जसमा प्रयोगकर्ताले एउटा टाइमलाइन देख्न सक्नेछन् ।

एपले कहिले क्यामेरा, माइक्रोफोन वा डिभाइस लोकेसनको एक्सेस लिएको छ भन्ने जानकारी दिनेछ । यसले डिभाइस क्यामेरा वा माइक्रोफोन प्रयोग हुँददा त्यसलाई इन्डिकेटरको रुपमा देख्न सकिनेछ ।

यसबाहेक त्यसलाई डिसेबल गर्ने अप्सनका साथै गुगल प्रयोगकर्तालाई सही लोकेसनका अलावा कुनै एपमा आफ्नो अनुमानित लोकेसन शेयर गर्ने अप्सन समेत दिनेछ ।

प्रतिक्रिया