Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

५ जेठ , अछाम

मंगलसेनमा सञ्चालित कृषी हाटबजार र औषधी पसलहरुको आज अनुगमन गरीएको छ । कोरोना महामारीको समयमा दैनिक उपभोग्य सामानहरुको अस्वभाविक मुल्यवृद्धी भईरहेको भन्ने गुनासो आउन थालेपछि आज मंगलसेनको कृषी तथा पशु विक्रि एवं संकलन केन्द्र र औषधी पसलहरुको आज अनुगमन गरीएको हो ।

मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद उपाध्यायको नेतृत्वमा सरोकारवालाहरुको एक टोलीले कृषी तथा पशु विक्रि एवं संकलन केन्द्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रशासनबाट तोकीएको मुल्यसुची र साईनबोर्ड पसलहरुमा राखे–नराखेको, निर्धारीत मुल्यसुची कायम भए–नभएको, व्यवसाय दर्ता तथा नवीकरण भएको–नभएको, नापतौलको प्रमाण, मासु पसलहरुको सरसफाईको अवस्थाबारे जाँचबुझ गरीएको छ ।

अनुगमन टोलीले मुल्यसुची र साईनबोर्ड नराखेका पसललाई ३ दिनभित्र राखीसक्न निर्देशन दीनुका साथै ७ दिनभित्र व्यवसाय दर्ता तथा नविकरण गरीसक्न र स्थायी लेखा नम्बर लिन सुझाव दीईएको मंगलसेन नगरपालिकाका स्टोर किपर नरेस बहादुर कठायतले जानकारी दीनुभयो । यस्तै टोलीले मंगलसेन बजार क्षेत्रका औषधी पसलहरुको पनि अनुगमन गरेको छ । दोस्रो लहरको कोरोनाको संक्रमण तिव्र रुपमा फैलीरहेकाले औषधी पसलहरुमा बिरामीको चाप पनि बढ्ने भएपछि औषधी विक्रीवितरणको अवस्था, स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य सुरक्षा, सरसफाईको अवस्था बुझ्न तथा म्याद गुज्रीएका औषधीहरुको विक्रीवितरण हुन नदिन औषधी पसलहरुको अनुगमन गरीएको हो ।

अनुगमन टोलीमा नगरपालिकाका निमित्त प्रमसख प्रशासकिय अधिकृत उपाध्याय सहित निमित्त सहायक जिल्ला अधिकारी रञ्जन प्रसाद तिमील्सैना, जिल्ला प्रहरी कार्यालयका असई दान बहादुर धामी, उपभोक्ता हित संरक्षक संस्थाका प्रमुख खेमराज ढुंगाना, उद्योग वाणीज्य संघका उपाध्यक्ष यज्ञराज ढुंगाना, नगरपालिकाको स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुंगाना, सुचना अधिकारी विष्णु प्रसाद जैशी, स्टोर प्रमुख नरेस बहादुर कठायत, कृषि शाखाका तर्क भुल, पत्रकार टेक बहादुर थापा, मेनुका ढुंगाना लगायतको संलग्नता रहेको थियो ।

प्रतिक्रिया