Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

५ जेठ , अछाम

मंगलसेनमा सञ्चालित कृषी हाटबजार र औषधी पसलहरुको आज अनुगमन गरीएको छ । कोरोना महामारीको समयमा दैनिक उपभोग्य सामानहरुको अस्वभाविक मुल्यवृद्धी भईरहेको भन्ने गुनासो आउन थालेपछि आज मंगलसेनको कृषी तथा पशु विक्रि एवं संकलन केन्द्र र औषधी पसलहरुको आज अनुगमन गरीएको हो ।

मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद उपाध्यायको नेतृत्वमा सरोकारवालाहरुको एक टोलीले कृषी तथा पशु विक्रि एवं संकलन केन्द्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रशासनबाट तोकीएको मुल्यसुची र साईनबोर्ड पसलहरुमा राखे–नराखेको, निर्धारीत मुल्यसुची कायम भए–नभएको, व्यवसाय दर्ता तथा नवीकरण भएको–नभएको, नापतौलको प्रमाण, मासु पसलहरुको सरसफाईको अवस्थाबारे जाँचबुझ गरीएको छ ।

अनुगमन टोलीले मुल्यसुची र साईनबोर्ड नराखेका पसललाई ३ दिनभित्र राखीसक्न निर्देशन दीनुका साथै ७ दिनभित्र व्यवसाय दर्ता तथा नविकरण गरीसक्न र स्थायी लेखा नम्बर लिन सुझाव दीईएको मंगलसेन नगरपालिकाका स्टोर किपर नरेस बहादुर कठायतले जानकारी दीनुभयो । यस्तै टोलीले मंगलसेन बजार क्षेत्रका औषधी पसलहरुको पनि अनुगमन गरेको छ । दोस्रो लहरको कोरोनाको संक्रमण तिव्र रुपमा फैलीरहेकाले औषधी पसलहरुमा बिरामीको चाप पनि बढ्ने भएपछि औषधी विक्रीवितरणको अवस्था, स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य सुरक्षा, सरसफाईको अवस्था बुझ्न तथा म्याद गुज्रीएका औषधीहरुको विक्रीवितरण हुन नदिन औषधी पसलहरुको अनुगमन गरीएको हो ।

अनुगमन टोलीमा नगरपालिकाका निमित्त प्रमसख प्रशासकिय अधिकृत उपाध्याय सहित निमित्त सहायक जिल्ला अधिकारी रञ्जन प्रसाद तिमील्सैना, जिल्ला प्रहरी कार्यालयका असई दान बहादुर धामी, उपभोक्ता हित संरक्षक संस्थाका प्रमुख खेमराज ढुंगाना, उद्योग वाणीज्य संघका उपाध्यक्ष यज्ञराज ढुंगाना, नगरपालिकाको स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुंगाना, सुचना अधिकारी विष्णु प्रसाद जैशी, स्टोर प्रमुख नरेस बहादुर कठायत, कृषि शाखाका तर्क भुल, पत्रकार टेक बहादुर थापा, मेनुका ढुंगाना लगायतको संलग्नता रहेको थियो ।

प्रतिक्रिया