Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भुल एकता समाजद्वारा जिल्ला अस्पताल र बयालपटा अस्पताललाई स्वास्थ्य समाग्री वितरण

भुल एकता समाजद्वारा जिल्ला  अस्पताल र बयालपटा अस्पताललाई स्वास्थ्य समाग्री वितरण

“आजको आवश्यकता, सामाजिक विकासको निम्ति पारिवारिक एकता“ भन्ने मुल नारा संगै एकिकृत भएको भुल एकता समाज पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय देखिएको छ । आफ्नो स्वास्थ्य जोखिममा राखेर बिरामीको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई उर्जा थप्नको निम्ति अछामको जिल्ला अस्पताल, मंगलसेन र बयालपाटा अस्पताललाई भुल एकता समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बुधबार भुल एकता समाज अछामका प्रतिनिधि तथा सामाजिक अगुवा सेत बहादुर भुल र तर्क भुलले जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई पि पि ई सेट १०–१० पिस, सर्जिकल माक्स २५–२५ पोका, के एन नाईन्टी फाईब माक्स ५०–२५ पिस र फेसिल्ड २५–२५ पिस स्वास्थ्य सुरक्षा सामाग्री दुबै अस्पतालमा पुगेर अस्पताललाई हस्तान्तरण गरेका थिए । भुल एकता समाज एक पारिवारिक संगठन भएपनि पारिवारिक एकताको आधारमा सामाजिक विकाससंगै राष्ट्रलाई समृद्ध बनाउने कुरामा जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्ने उदेश्य रहेको कुरा भुल एकता समाजका अध्यक्ष ललित भुलले बताए ।

हाम्रो बुलेटिनसँग कुरा गर्दै भुल एकता समाजका संस्थापक तथा सामाजिक अभियन्ता पदम भुलले भुल एकता समाज जातिगत प्रतिस्पर्धा नभइ शिक्षा स्वास्थ्य रोजगार सामाजिक आर्थिक विकासका साथै मानविय सभ्यताको विकास गर्न सामाजिक सेवामा जुटेको स्पष्ट पारे ।

भुल एकता समाज स्कुल तथा बालगृह निर्माण कार्यमा होस,सिमा रक्षामा भारतीय प्रहरीको गोली खाएर मर्ने नेपाली गोबिन्द गौतम होस, ७२ को भुकम्प होस, पहिलो चरणको महामारिमा परेका नेपाली लाइ प्रवासमा सहयोग होस, हराएका महिला बालबालिकाको उद्वार होस, यस्ता थुप्रै कार्यमा जुटि रहेको र आगामी दिनमा पनि सामाजिक कार्यमा जुटि रहने कुरा भुल एकता समाजका महासचिव हस्त भुलले बताए साथै भुल एकता समाजले अहिलेको महामारि विपदमा प्रवासमा पनि सक्रिय भुमिका निर्वाह गर्ने, दिलिप सिंह भुल, रुपेश भुल, करण सिंह भुल, किशन भुल, प्रकाश भुल, खडक भुल, भुपेन्द्र भुल, करण भुल, शोभा भुल, गिता भुल, खडक भुल, सुरत भुल, रमेश भुल,पदम भुल, चक्र भुल, भिम सिंह भुल, लक्ष्मण भुल, भिक भुल, लगायत सम्पूर्ण टिमलाई विशेष धन्यबाद ज्ञापन गरेको

प्रतिक्रिया