ताजा अपडेट
लुँग्रेली समाज अछामद्धारा स्वास्थ्य सामाग्री बितरण
लुंग्रेली समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।
कोरीया जापान ,युएयी ,अमेरीका भारत मा बस्दै आउनु भएका उँहाहरुले संकलन गरी पठाएको रकमले स्वास्थ्य सामाग्राी खरीद गरी बितरण गरीएको हो । करिब ८२ हजार बराबरको लागतमा खरिद गरिएका उक्त सामाग्री गाउँ पालिकाको वडा नम्बर ५ लुंग्रामा रहेका प्रत्येक ब्याक्तिहरुलाई पुग्नेगरी १५ हजार सर्जिकल मास्क बितरण गरिएको र स्वास्थ्य चौकिमा पनि २ थान नेबुलाईजर,६ थान अक्सोमिटर, मास्क लगाएतका समाग्री हस्तान्तरण गरिएको लुंग्रेजी समाज समाजका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । साथै उहाले कोरोना कोसमा सहयोग गर्ने दाताहरुलाइ सहयोगका लागि अपिल गर्नु भएको छ ।
कार्यक्रममा वडा नं ५ वडाका अध्यक्ष टेक बहादुर खड्का , लुंग्रेली समाजका अध्यक्ष कृष्ण बहादुर खड्का , लुंग्रेलीसमाज प्रबासका उपाध्यक्ष भरत खड्का लागायत अन्य पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । लुङग्रेली समाजले कोरोना माहांमारिबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षाका मापदणको पालना गर्न अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया