Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरवासीमा रोगभन्दा भोकले मरिने त्रास जोखिम नटर्दै भारत जाने संख्या पुनः बढ्यो

सुदूरवासीमा रोगभन्दा भोकले मरिने त्रास जोखिम नटर्दै भारत जाने संख्या पुनः बढ्यो

बिहिबार साँझ अछामका रेवन्त साउँद निधारमा रातो टिका र काँध ठूलो झोला बोकेर भारत जानका लागि गौरीफन्टा नाका पुगेका थिए। यो महामारीमा जोखिम मोलेर भारत जानु उनको रहर होइन, बाध्यता थियो। त्यो कुरालाई उनको मलिनो अनुहारले स्पस्ट पारेको थियो।

भारतमा कोरोना महामारी विकराल रूपमा फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका उनी स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेछि बालबच्चा बोकेर पुनः भारत पलायन हुन बाध्य भएका हुन्।

'भारतमा कोरोना महामारी फैलिएपछि एक महिना पहिला घर आएको थिँए।' साउँदले भने, 'आफ्नो देशमा रोजगारी छैन, आयआर्जन गर्ने कुनैपनि बाटो छैन्। पेट पाल्न र बालबच्चा पाल्नकै लागि भएपनि फेरी भारत जान लागेको हुँ।'

यो महामारीमा ज्यानको जोखिम मोलेर भारत पलायन हुने उनी एक्ला होइनन्। कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू रोजगारीको लागि भारत जाने गरेका छन्।

कैलालीका टेकबहादुर बिक पनि आफ्नो पाँच जनाको परिवारसहित भारतको जयपुर जानका लागि नाकामा पुगेका थिए। घरमा खानलाउनकै समस्या भएपछि उनी पनि कोरोना कहरकै बीच भारत जान लागेका हुन्।

'यहाँ कमाउने कुनै बाटो छैन, इन्डियामा केही न केही काम गरेर बालबच्चा पालिहालौँला।' बिकले भने, 'यहाँ बसे रोगले भन्दा पहिला भोगले मरिने हो।'

भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन्। स्वदेशमा बिहान बेलुकाको छाक टार्न समेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन्। 

कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। तर यही अवधिमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत पलायन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले निषेधाज्ञाकै अवधिमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत गएको बताए।

'वैशाख १६ गतेदेखि हालसम्म कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत गएका छन्।' उनले भने, 'यी नाकाहरूबाट दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश रोजगारी र केही स्वास्थ्य उपचारको लागि पनि भारत जाने गरेका छन्।'

कोरोना महामारीको जोखिम नटर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट रोजगारीका लागि भारत जाने नेपालीहरूको संख्या पुनः वृद्धि भएको हो। प्रदेशमा रोजगारी र आम्दानीको स्रोत नहुँदा दुई छाकको जोहो गर्न भएपनि अहिले नेपालीहरू धमाधम भारत पलायन हुन थालेका छन्।

सुदूरपश्चिममा प्रदेश सरकार र संघीय सरकारले युवा लक्षित विभिन्न रोजगारीका कार्यक्रमहरू सञ्चालन गरेका छन्। तर ती कार्यक्रमले वास्तविक बेरोजगार युवाहरूलाई छुन सकेको छैन। 

सुदूरपश्चिम प्रदेश सरकारले युवाहरूलाई स्वदेशमा रोजगारी दिने प्रभावकारी योजना बनाउन नसक्दा रोजगारी नपाएर भारत पलायन हुनुपर्ने सुदूरवासीको बाध्यता भने कायमै रहेको छ।

प्रतिक्रिया