ताजा अपडेट
भीम रावलपनि पुगे झोला बोकेर देउवा निवासमा
नेकपा एमालेका नेता डा. भीम बहादुर रावलपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि देउवा निवास पुगिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको अहिले बैठक जारी छ ।
आजको बैठकमा वैकल्पिक सरकार गठनबारे छलफल भएको बताईएको छ । कांग्रेसको आज विहान बसेको पदाधिकारी बैठकले राष्टपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको थियो । र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्टपतिमाथि महाअभियोग लगाउनेबारे सल्लाह भैरहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय एमालेको माधव नेपाल पक्षधर कांग्रेसको नेतृत्वमा सरकार गठन होस भन्ने पक्षमा पुगेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया