ताजा अपडेट
वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित
विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन् ।
नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नेगरि विपक्षी गठबन्धनका १४९ सांसदहरुको हस्ताक्षरसहित सरकार गठनमा दाबी गर्न शीर्ष नेताहरु शितलनिवास प्रवेश गरेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनको लागि नेकपा (एमाले) का माधव नेपाल पक्षधर २७ जना सांसद र जनता समाजवादी पार्टी, नेपालका १३ जना सांसदहरुले समर्थन गरेको जनाईएको छ । उनीहरु सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा छलफलमा जुटेर हस्ताक्षर संकल गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया