ताजा अपडेट
निर्वाचन गर्न ८ अर्ब लाग्ने
प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ। यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमै दुई चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपैयाँ माग गरेको थियो। तर फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले सबै तयारी स्थगित गरेको थियो।
यसअघि गरिएका मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र र स्थल निर्धारणलगायत तयारीले अब हुने निर्वाचनलाई सहज हुने प्रमुख आयुक्त दिनेश थपलियाले बताए।
‘यसअघि निर्वाचनका लागि गरिएका तयारीले आगामी निर्वाचनलाई काम दिन्छ,’ उनले भने, ‘त्यतिबेलाभन्दा अहिले कोरोना व्यवस्थापन र स्वास्थ्य सुरक्षा सतर्कतामा जोड दिनुपर्ने भएकाले केही बजेट बढ्न सक्छ, समग्रमा ८ अर्ब हाराहारीमा खर्च लाग्ने प्रारम्भिक अनुमान छ, अब हामी केही दिनमै बसेर बजेट अनुमान गरी सोहीबमोजिम सरकारसँग माग गर्छाैं।’
नागरिक दैनिक
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया