Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो शुक्रबार रातिका दुवै प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो शुक्रबार रातिका दुवै प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को  प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति हटाइएको छ।हटाइएका दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए। शनिबार बेलुकैदेखि राष्ट्रपति कार्यालयको वेबसाइटमा ती सूचना देखिएको थिएन।

‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ शीर्षकको प्रेस विज्ञप्तिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा गरको दाबीलाई अस्वीकृत गरिएको  सम्बन्धमा जानकारी गराइएको थियो। ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन,’ राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा विज्ञप्तिमा भनिएको थियो।

त्यस्तै, शुक्रबार राति (शनिबार बिहान) प्रकाशित दोस्रो सूचनामा भने प्रतिनिधि सभा विघटन गरिएको र नयाँ मिति तोकिएको जानकारी गराइएको थियो। ‘वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ,’ घिमिरेले नै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मध्यरातमा प्रकाशित सूचना भएकाले राष्ट्रपतिले मध्यरातमा ‘कू’ गरेको भन्दै शनिबार दिनभर सार्वजनिक रुपमा आलोचना हुँदै आएको थियो। ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने घोषणा गरियो,’ शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि मध्यरातमा भएको कामको आलोचना गरेका छन्। ‘राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य सबै नेपाली जनता सुतेको बेला मध्यराति मन्त्रिपरिषद्को बैठक बसी प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ,’ देउवाद्वारा शनिबार नै जारी विज्ञप्तिमा भनिएको छ।

बृहत नागरिक आन्दोलनले आफ्नो विज्ञप्तिमा मध्यरातको कदमलाई ‘कू दे ताँ’ ठहर गरेको छ। ‘मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको प्रपञ्चमा गरिएको पछिल्लो संसद विघटन संविधान र लोकतन्त्र नै समाप्त पार्ने कदमलाई नागरिक आन्दोलनले 'कू दे ताँ' ठहर गरेको छ,’ शनिबार नै जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया