Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मंगलसेन ६ मा घरमै पुगेर स्वास्थ्य सेवा

मंगलसेन ६ मा घरमै पुगेर स्वास्थ्य सेवा

 मंगलसैन नगरपालिका ६ ले नागरिकको घर दैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको छ ।

कोभिट १९ को कारण लकडाउनमा परेका र कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथामा जान नपायका घरमै सामान्य जरो ,रुघा,खोकी ,टाउको दुख्ने वान्ताहुने पखाला चल्ने ,पेट दुख्ने लगायतका मौषमी विरामीहरुका लागी टोल स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रर्दान गर्ने उदेश्यले शिविर संचालन गरिएको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

गाउ घरका मौषमि रुगा खोकी जरो ,र पखालाका विरामी रहेको र कोभिट का कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथा नआयका समुदायका मानिसलाई टोलमै पुगेर स्वास्थ्य सेवा प्रर्दान गरिएको शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारीले बताउनु भयो । आज वाट टोल स्तरको स्वास्थ्य शिविर स्वास्थ्य मापदण्डको प्रयोग गरी संचालन गरिएको र पहिलोदिन वडाको डाडाँगाउ टोलमा संचालन गरिएको शिविरमा १४ जना महिला ४ जना जेष्ट नागरिक र ७ जना वालबालिका गरी २५ जना लाई स्वास्थ्य सेवा प्रदार्न गरिएको भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताउनु भयो ।

स्वास्थ्य शिविरमा कोरोना बाट बच्ने उपाय र स्वास्थ्यमा ध्यानदिन सबै टोल बासीलाई परार्मश दिनुका साथै सरसफाईमा ध्यान दिन अनुरोध समेत गरिएको छ । आईतबार वाट संचालन भएको टोल स्वास्थ्य शिविर सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गदै वडाका सवै टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान पछि मात्र समापन गरिने भएको वडा कार्यालयले जनाएको छ । शिविरमा वडा अध्यक्ष जनकराज भण्डारी ,वडा सदस्य देवेन्द्र प्रसाद भण्डारी , नरपती भण्डारी ,शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारी भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारी महिला स्वाथ्य स्वयमसेविका नामसरा भण्डारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया