Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पढाइ नहुँदा अछामका ७८ हजार विद्यार्थी अन्योलमा

पढाइ नहुँदा अछामका ७८ हजार विद्यार्थी अन्योलमा

मंगलसेन नगरपालिका ५ की अन्सा ढुंगाना धनगढीमा नर्सिन विषय पढ्छिन् । कोरोना संक्रमणले गर्दा धनगढी लकडाउन भएपछि उनी अछाम घरमा आइन । तर, उनको अनलाइन कक्षा निरन्तर नै भयो । पढाइलाई निरन्तरता दिनको लागि जसरी पनि नेटको पहु“चमा पुग्छिन् । कक्षामा सहभागी हुन्छिन् । ‘पढाइ भइरहेको छ । खासै फरक परेको छैन । अनलाइनमा पहिलो पटक पढेकी हुँ ’ उनले भनिन् ,‘अब कलेज सुरु हुँदा पनि नपढेको विषय पढ्ने कुरा भएको छ । अहिले पढेको दोहोरीदैन ।’ भौतिक रुपमा कक्षामा सहभागी नहुदा पनि पढाइ हुदा अन्सा  खुसी छिन् ।

तर अछाममै पढ्ने विद्यार्थी भने अनलाइन कक्षाहरुबाट बञ्चित छन् । मंगलसेन ५ की आइशा र अन्सा एउटै स्कुलमा संगै पढेर एसइइ दिएका हुन् । आइशा सा“फेबगरमा रहेको जनकल्याण माविमा सर्वे विषय पढ्छिन् ।  वर्गियताका हिसाबले नर्सिङ र सर्भे प्राविधिक विषय हुन् । तर अछाममा पढ्ने विद्यार्थी भने आफ्नो कोर्स पुरा हुनबाट वञ्चित छन् । ‘धनगढी काठमाडौं पढ्ने विद्यार्थी अछामबाट अनलाइन कक्षा लिन्छन् । हामी भने कलेज सुरु हुने दिनको पर्खाइमा छौं ’ आइशाले भनिन् ,‘यहाँका प्राविधिक विषय पढाउने विद्यालय ,कलेजहरुले पनि यसरी कक्षा संचालन गरेको भए अलि राहत मिल्थ्यो होला । कोरोनाको प्रभाव कम भएन भने हाम्रो भविष्य नै अन्योल हुन्छ ।’

मंगलसेन नगरपालिका ५ का बिस्नु ढुंगाना शोडषा मावि मंगलसेनमा ८ कक्षामा पढ्छन् । गत वर्ष ७ कक्षाको परिक्षा दिएर लकडाउन भयो ।  विचमा ७ कक्षाको नतिजा आयो । र ८ कक्षाको पढाइ पुसबाट नियमित भयो । ४ महिना नियमित विद्यालय संचालन भएपनि कुनै पनि विषय पुरा पढाइ भएका छैनन् । ‘जेठ २ गतेबाट दोस्रो चरणको परिक्षा हुने कुरा थियो । लकडाउनले गर्दा विद्यालय बैशाख १३ गते नै बन्द भए । अब के हुन्छ भन्ने थाहा छैन ’ उनले भने ,‘ लकडाउन भयो । ३ वटा परिक्षा हुनु पथ्र्यो । १ मात्रै भएको छ । अहिले घरमा त्यत्तीकै बसिरहेका छौं । आफैं पढ्छौं ।’

अघिल्लो शैक्षिक शत्र जस्तो यो शैक्षिक शत्रमा शिक्षकले मनोमानि ढंगले नतिजा सार्वजनिक गर्न नसक्ने शोडषा मावि मंगलसेनका प्रधानाध्यापक देबेन्द्र दुब्बे बताउछन् । उनका अनुसार शोडषा माविका कुनै पनि विषको पुरा पढाइ भएको छैन । ‘ अहिले नियमीत ३ महिना पढाइ भएको छ । पुरा कोर्स हुनलाई कम्तिमा ७ महिना पढाइ हुनुपर्छ । अहिलेसम्म विद्यार्थी उतिर्ण हुनेसम्मको पढाइ भएको छैन ’ उनले भने , ‘झन्झन् कोरोना बढ्दैछ । एक शैक्षिक शत्र नै रोक्नुपर्छ । यस्तै अवस्था परिक्षा लिन र हामीलाई मुल्यांक गर्न गाह्रो हुन्छ । अर्ध वार्षीक परिक्षाले सबै मुल्यांकन हुँदैन ।’

जिल्लामा कोरोना संक्रमणको दर बढेपछि ७८ हजार विद्यार्थीको पढाइ अन्योल भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख लक्ष्मण गीरी बताउछन् । जिल्लामा सामुदायिक विद्यालय ४ सय ८५ र संस्थागत विद्यालय १९ विद्यालयमा पढ्ने विद्यार्थी यतिखेर तनावमा रहेको उनले बताए । ‘अहिलेसम्म अछामका कुनै विद्यालयले अनलाइन कक्षा संचालन गर्न सकेका छैनन् । सबै एकै ठाउँमा बसेर छलफल गर्न पाएका छैनौं । धेरै जसो शिक्षक विद्यार्थी पनि संक्रमित छन् ’ उनले भने , ‘ भविष्यको बारेमा सोच्ने धेरै अभिभावक र विद्यार्थी यतिखेर तनावमा छन् । अहिलेसम्म सरकारले ठोस निर्णय दिन सकेको छैन ।’ शैक्षिक शत्रको अन्तिम भएकाले अब के गर्ने भन्ने बारे सरकारले नै समयमा उचित निर्णय लिनु पर्ने गीरी बताउछन् ।‘ विद्यालयबाट शिक्षकले नम्बर दिँदा खासै प्रभावकारी भएन । औसतमा नम्बर दिने गरेको पाइयो । यसरी नम्बर दिँदा विद्यार्थीको सही मुल्यांकन हुन सक्दैन ।’ उनले भने ।
 

प्रतिक्रिया