Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

माधव नेपालसहितका ११ नेताले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

माधव नेपालसहितका ११ नेताले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । 

नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताए । 
ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ । 

‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुन विपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता रावलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? बपौती हो ?’

उनले एमाले पार्टी ओलीको बपौती या कम्पनी हुन नसक्ने भन्दै पटकपटक स्पष्टिकरण सोधेपछि त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएका कथित पत्रको कुनै औचित्य नभएकाले अस्वीकार गर्ने निर्णयमा पुगेको बताए । 

एमालेको नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र त्यसको विधान उल्लंघन गरेर ओलीले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटि बनाएको भन्दै त्यही अवैद्य कमिटीको अध्यक्ष आफैलाई ओलीले घोषणा गरेकाले अवैध गतिविधिलाई मान्यता दिन नसकिने रावलको भनाइ छ । 

‘उहाँले सुरुमा पनि हामीलाई स्पष्टीकरण सोध्ने धृष्टता गर्नुभयो हामीले त्यसबेला स्पष्टीकरणको जवाफ त दिएका होइनौ, तर उहाँको भ्रमपूर्ण कुराको खण्डन गरेर पत्र पठाएका हौँ’, यसअघि सोधिएको स्पष्टीकरणको जवाफबारे रावलले भने, ‘त्यसपछि हामीले उहाँलाई वारम्वार सर्वोच्चको फैसला अनुसार पार्टीलाई एकतावद्ध बनाएर नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र विधान मान्नुस् भन्दा उहाँले मान्नुभएन ।’

रावलले वैशाख २७ गते ओलीले संसदबाट विश्वासको मत लिने निर्णयमा पुग्दा समेत आफूहरुसँग सरसल्लाह नगरेकाले  विश्वासको मतको विपक्षमा उभिनु परेको बताए । 

पछि माधव कुमार नेपाल र ओलीबीच पुनः वार्ता भएर पार्टी मिलाएर जान जेठ २ को अवस्थामा फर्कन ओली तयार भएका थिए । त्यसक्रममा उनले फागुन २३ पछिका सवै विधान विपरितका अवैध काम खारेज गर्न तयार भनेपछि एमालेको विवाद मिलाउन कार्यदल गठन भएको थियो । 

‘कार्यदलको पहिलो बैठकमा धेरै सकारात्मक कुरा भए तर दोस्रो बैठकमा ओली पक्षले बैठक आलटाल गर्न थाल्यो’, रावलको भनाइ छ । 

नेता रावलले ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्ने नभइ बरु किन पटक पटक प्रतिनिधि सभा विघटन गर्नुभयो ? भनेर जनताले प्रश्न गर्न थालेको बताए । 

साथै उनले कामचलाउ सरकारले नागरिकता जस्तो विषयलाई महन्थ ठाकुर र राजेन्द्र महतोलाई खुसी पार्न र देशलाई फिजिकरणको बाटोमा लैजाने अध्यादेशमार्फत अध्यादेश जारी भएको टिप्पणी पनि गरे ।

‘यो कुर्सीका लागि निर्लज्ज किसिमले सौदावाजी गरिएको हो । संविधान संशोधन गर्ने भनेको के उहाँको खल्तीको कुरा हो । मन लागेका बेला कार्यदल गठन गरेर संशोधन गर्ने, मन लागेका बेला फाल्न सक्ने, यो निर्लज्ज, निरंकुश र राष्ट्रलाई थिलथिलो बनाएर नेपालको अस्तित्वलाई नै संकटमा पार्ने केपी ओलीलाई कुनै अधिकार छैन’, रावलको भनाइ छ ।  

नेताहरुलाई स्पष्टीकरणको जवाफ बुझाउन सोमबार बिहासम्मको समय दिइएको थियो । 

प्रतिक्रिया