Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फोटो पत्रकार महासंघ अछामद्धारा अनलाईन फोटो प्रतियोगताको आयोजना

फोटो पत्रकार महासंघ अछामद्धारा अनलाईन फोटो प्रतियोगताको आयोजना

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामले अनलाईन फोटो प्रतियोगताको आयोजना गरेको छ । जिल्ला शाखा अछामले लकडाउनको समयमा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अनलाईन फोटो प्रतियोगिता २०७७ को आयोजना गरेको हो ।

असार ५ गते सम्म समायावधि राखेर फोटो प्रतियोगतामा सहभागी हुन आब्हान गरिएको नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा शाखा अध्यक्ष धिरज कुवँरले बताए । अध्यक्ष कुवँरका अनुसार कोरोना भाईरसले गर्दा भएको लकडाउन बिशेष पारेर देशको सामाजिक, धार्मिक तथा पर्यटकिय क्षेत्र झल्कीने फोटो प्रतियोगितामा सहभागी गराउन सकिने छ ।

फोटो क्षेत्रमा बिशेष रुची राख्ने सृजनशिल नेपाली नागरिकलाई हौसल्ला प्रदान होस भनेर फाटो प्रतियोगिता आयोजना गरिएको महासंघ अछाम शाखाका महासचिव पूर्ण बहादुर खड्काले बताए । FNPJ Achham फेसबुक पेजको ब्यानरमा प्रतिष्पर्धा गराईने फोटो प्रतियोगितामा सबैभन्दा बढी लाईक र शेयरलाई आधार मानेर फोटोको मुल्यांकन गरिने महासचिव खड्काको भनाई छ ।

खेमाज मल्टी बिजनेश अछामको प्रायोजन तथा नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश तथा केन्द्रको सहयोगमा गरिने फोटो प्रतियोगितामा सामाजिक सद्भाव तथा व्यक्तीगत आँच नआउने फोटो मात्र प्रतियोगितामा सहभागी गराईने महासंघ अछामले जनाएको छ ।

प्रविधिको सदुपयोग गरेर आयोजना गरिएको फोटो प्रतियोगता गर्ने कार्य उत्कृष्ट भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीले प्रतियोगिता सफल पार्न महासंघको सहयोग रहने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने फोटोहरुलाई क्रमश ७ हजार, ४ हजार, २ हजार र १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने प्रायोजक खेमाज मल्टीबिजनेशका प्रबन्धक खेमराज ढुंगानाले बताए ।

असार ५ गते बेलुकी ६ बजे प्रतियोगिताको नतिजा घोषणा बारे फेसबुक पेज मार्फत जानकारी गराईनेछ भने अन्तिम नतिजा पनि फेसबुक पेजमा घोषणा एवंम प्रतियोगिताको मिडिया पार्टनर रहेको sudooraaja.com फोटो सहितको समाचार समेत प्रकाशन गरिने छ ।

प्रतिक्रिया