Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘सर्वोच्चका आदेश र संविधान अनुरूप अध्यादेश ल्याइएको हो’ - महान्यायधिवक्ता कार्यालय

‘सर्वोच्चका आदेश र संविधान अनुरूप अध्यादेश ल्याइएको हो’ - महान्यायधिवक्ता कार्यालय

महान्याधिवक्ताको कार्यालयले सर्वोच्च अदालतले विभिन्न समयमा जारी गरेका अध्यादेश र संविधान अनुरूप अध्यादेश ल्याइएको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै कार्यालयले संविधान अनुरूप र सर्वोच्चका विभिन्न समयमा भएका आदेशअनुसार अध्यादेश जारी गएको जनाएको हो । तीन वर्ष अघि नै संसदमा पेश भएको विधेयक अहिलेसम्म पनि टुङ्गो नलागेको अवस्थामा हजारौं नागरिक नागरिकताविहीन भएकाले अध्यादेश जारी गर्नुपरेको स्पस्ट पारेको छ ।

प्रतिनिधिसभाका विभिन्न समितिमा टुङ्गो लागिसकेको विषयहरू पनि अध्यादेशमा समेटिएको गृहसचिव महेश्वर न्यौपालेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको अन्तरिम संविधान २०६३ मा केही व्यवस्था थप गरिएको उहाँको भनाइ छ । प्रतिनिधिसभा लामो समयसम्म विधेयक टुङ्गो नलागेको र नेपालमै जन्म भएका धेरै अनागरिकहरूको निवेदनको चाङ लागेकाले अध्यादेशको आवश्यकता रहेको बताउनुभयो ।

सरकारले पर्याप्त गृहकार्य गरेर नै अध्यादेश जारी गरेको गृहसचिव न्यौपालेले बताउनुभयो । ‘सर्वोच्च अदालतले नेपाल सरकार र गृह मन्त्रालयको नाममा २० वटा भन्दा बढी परमादेश जारी भएकाले कानुन बनाउनु आवश्यक थियो,’ उहाँले भन्नुभयो, ‘संविधानको स्पस्ट व्यवस्था र सर्वोच्च अदालतका विभिन्न मितिका २० वटा आदेशका आधारमा अध्यादेश जारी गरिएको हो ।’

प्रतिक्रिया