ताजा अपडेट
व्यक्तिगत रुपमै स्वास्थ्य सामाग्री उपलब्ध गराएको मन्त्री आलेको स्पस्टिकरण
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफनै लगानीमा स्वास्थ्य सामाग्री खरिद गरि वितरण गरेको स्पष्टोक्ती दिनुभएको छ ।मंगलबार सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामाग्री बितरण गर्देै मन्त्री आलेले व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री र अक्सिजन खरिद गरि वितरण गरेको स्पष्ट पार्नुभयो ।
उहाँले डोटी अस्पताल र सेती प्रादेशिक अस्पतालका लागी आफुले १ सय १० सिलिण्डर खरिद गरेको बाकी १५ सिलिण्डर नेपाल सरकारको अनुदानमा आएको गरि आफुले अक्सीजन सिलिण्डर बितरण गरेको बताए ।
सेती प्रादेशिक अस्पतालका लागी ५० थान भरिएका अक्सीजन सिलिण्डर र ५० हजार मास्क र डोटी अस्पतालको केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
चिनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर आफ्नो नाममा वितरण गरेको भन्ने कुरा अफबाह फेैलाईएको बताउदै यस्ता कुरामा भ्रमित नहुन मन्त्री आलेले आग्रह गर्नुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया