ताजा अपडेट
१२–१७ वर्ष समूहमा 'शतप्रतिशत प्रभावकारी' मोडर्ना खोप
अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो । परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो । खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको कम्पनीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
फाइजर खोप भने १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा मात्र शतप्रतिशत प्रभावकारी देखिएको थियो । पछिल्लो नतिजासँगै मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ ।
‘खोप प्रयोगको अनुमतिका लागि परीक्षणको नतिजासहित हामीले एफडीएसमक्ष जुन महिनाको सुरुमा निवेदन दिने छौं,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफन बन्सेलले भने ।
अनुमति पाएको खण्डमा यो खोप अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग हुने दोस्रो खोप हुनेछ । मोडेर्ना खोप हाल १८ वर्ष वा सोभन्दा बढी उमेरका मानिसका लागि प्रयोग गरिँदै आएको छ ।
अर्को खोप निर्माता फाइजर भने हाल १२ वर्ष वा सोभन्दा बढी उमेरका समूहका किशोरकिशोरीमा प्रयोग गरिँदै आएको छ । गत डिसेम्बरमा वयस्कहरूका लागि अनुमति पाएको खोप मे महिनाबाट उक्त समूहका लागि दिन थालिएको हो ।
अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका करिब १ करोड ७० लाख जना छन् । यो समूहका किशोरकिशोरीहरूमा भाइरसको असर कम देखिएको भए पनि संक्रमणको वाहक बन्ने सम्भावना उच्च छ ।
रुसी खोप भारतमा उत्पादन हुँदै
कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको खोप भारतमा उत्पादन हुने भएको छ । ‘स्पुतनिक–भी’ खोप भारतीय कम्पनी पानासिया बायोटेकले रुसको प्रत्यक्ष लगानी कोष (आईडीआईएफ) सँगको सहकार्यमा उत्पादन गर्न लागेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त खोप वार्षिक १० करोड मात्रा उत्पादन हुनेछ । उत्पादनको पहिलो खेप खोप विकास संस्थालाई उपलब्ध गराउने सहमति पानासियाले गरेको छ ।
रुसका लागि भारतीय राजदूत बाला बैंकटेस बर्माले ‘स्पुतनिक–भी’ को उत्पादन आगामी अगस्टभित्रमा हुने विश्वास व्यक्त गरेका छन् । भारतले उक्त खोप प्रयोगका लागि गत अप्रिलमा अनुमति दिएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया