Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

१२–१७ वर्ष समूहमा 'शतप्रतिशत प्रभावकारी' मोडर्ना खोप

१२–१७ वर्ष समूहमा 'शतप्रतिशत प्रभावकारी' मोडर्ना खोप

अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो । परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो । खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको कम्पनीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

फाइजर खोप भने १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा मात्र शतप्रतिशत प्रभावकारी देखिएको थियो । पछिल्लो नतिजासँगै मोडेर्नाले खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिने जनाएको छ ।

‘खोप प्रयोगको अनुमतिका लागि परीक्षणको नतिजासहित हामीले एफडीएसमक्ष जुन महिनाको सुरुमा निवेदन दिने छौं,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफन बन्सेलले भने ।

अनुमति पाएको खण्डमा यो खोप अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग हुने दोस्रो खोप हुनेछ । मोडेर्ना खोप हाल १८ वर्ष वा सोभन्दा बढी उमेरका मानिसका लागि प्रयोग गरिँदै आएको छ ।

अर्को खोप निर्माता फाइजर भने हाल १२ वर्ष वा सोभन्दा बढी उमेरका समूहका किशोरकिशोरीमा प्रयोग गरिँदै आएको छ । गत डिसेम्बरमा वयस्कहरूका लागि अनुमति पाएको खोप मे महिनाबाट उक्त समूहका लागि दिन थालिएको हो ।

अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका करिब १ करोड ७० लाख जना छन् । यो समूहका किशोरकिशोरीहरूमा भाइरसको असर कम देखिएको भए पनि संक्रमणको वाहक बन्ने सम्भावना उच्च छ ।

रुसी खोप भारतमा उत्पादन हुँदै

कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको खोप भारतमा उत्पादन हुने भएको छ । ‘स्पुतनिक–भी’ खोप भारतीय कम्पनी पानासिया बायोटेकले रुसको प्रत्यक्ष लगानी कोष (आईडीआईएफ) सँगको सहकार्यमा उत्पादन गर्न लागेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त खोप वार्षिक १० करोड मात्रा उत्पादन हुनेछ । उत्पादनको पहिलो खेप खोप विकास संस्थालाई उपलब्ध गराउने सहमति पानासियाले गरेको छ ।

रुसका लागि भारतीय राजदूत बाला बैंकटेस बर्माले ‘स्पुतनिक–भी’ को उत्पादन आगामी अगस्टभित्रमा हुने विश्वास व्यक्त गरेका छन् । भारतले उक्त खोप प्रयोगका लागि गत अप्रिलमा अनुमति दिएको हो ।

प्रतिक्रिया