Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

मंगलसेन नगरपालिमा –५ की ३४ वर्षीया महिला र उनका श्रीमानलाई दुइ साता अघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसिन् ।  श्वास्प्रश्वासमा समस्या आएपछि उनका श्रीमान्लाई अक्सिजन दिनु पर्यो । स्वास्थ्यकर्मी बाट उपचार पनि राम्रै  भयो । तर , खानपिन राम्रो नभएर दुवै जना कमजोर हुदै गए ।  ‘ बिहान चिया बिस्कुट दिन्थे ।  ११ बजेतिर खाना अनि साझ खाना दिन्थे । मासुको त के कुरा दिउसो चियासम्म हुँदैन’ उनकी श्रीमतीले भनिन् ,‘ हाम्रा बुढाबुढी दुवैलाई कोरोना भयो । घरमा ससना केटाकेटी मात्र छन् । बाहिर बाट खाना ल्याइदिने पनि कोहि भएनन् । कोरोनाले गर्दा गम्भिर बिरामी भएको बेला राम्रो खाना नपाउदा झन् कम्जोर भइयो ।’

आर्थिक अवस्था कमजोर भएका मंगलसेन ५ का एक दलित दम्पत्तीलाई पनि  दुइ साता अघि कोरोाना देखियो । श्वास फेर्न गाह्रो हुने भएपछि उनकी श्रीमतीलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखियो । श्रीमान श्रीमती दुवै मजदुरी गरेर जिविकोपार्जन गर्छन् । कहिले भारी बोक्ने , कहिले ढुंगा बोक्ने यस्तै काम गर्दागर्दै दुुवैलाई संक्रमण देखियो र आइसोलेट हुनु पर्ने अवस्था आयो । तर अस्पतालको १३ दिनको बसाइमा खानपिनको तालमेल नमिल्दा अहिलेसम्म गाह्रो भएको उनको भनाइ छ । ‘ अस्पताल भित्रै आइसोलेसनमा भयौं । क्यान्टिनबाट जे दियो त्यहि खानै पर्यो । दाल भात तरकारी बाहेक अरु केहि थिएन । कहिलेबाहि बिहान चियास“ग बिस्कुट दिन्थे । त्यत्ति नै हो’ उनले भने ,‘ आफू घरमा भएको भए पनि कसैसंग उद्यारो मागेर पनि राम्रो खाना खुवाउथे । म पनि बाहिर आउन नमिल्ने , अस्पतालबाट पोसिलो खाने कुरा केहि पनि नपाइने । झन् कमजोर बनायो । ’  

मंगलसेन ३ का अर्का कोरोना संक्रमितका कुरुवाको अनुभव पनि उस्तै छ । अस्पताले दिने खानालाई मात्रै कोरोना जित्न नसकिने उनले बताए । ‘ संक्रमितले के खाएमा कोरोना जितिन्छ भन्ने बारे सबैलाई ताहा छ । अस्पतालमा त पौष्टिक खाजा भनेर चिया बिस्कुट दिन्छन् । यस्तो तरिकाले अस्पताल जाने बिरामीलाई झन् गाह्रो हुन्छ ।’ पहिलो चरणमा संक्रमित भएका व्यक्तीलाई बिहान खाना , दिउसो खाजा र बेलुकाको खानाको व्यवस्था भएपनि अहिले बिहान बेलुकाको खाना मात्रै दिइएको अस्पतालको क्यान्टिनका संचालक रतन बोहराले बताए ।‘ अहिले माछा मासु पनि दिने गरेको छैन । अस्पतालबाट जे दिनु भन्ने खबर आयो हामीले त्यहि दिने हो ।’ उनले भने । संक्रमितका कुरुवालई पनि संक्रमितले खाने जस्तै खाना दिने गरेको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण बेगले फैलिरहेको छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षको तुलनामा मृत्युदर पनि बढी देखिएको छ । यस्तो अवस्थामा कोरोना लागिहाल्यो भने के खाने, कति खाने, केका लागि खाने ? यसबारे जानकारी राख्दा फाइदाजनक हुन्छ । घरमै बसेर डाक्टरले भनेअनुसार खानपिनमा ध्यान दिइयो भने सम्भावित हानिबाट बच्न सकिन्छ । डाक्टरहरू भन्छन्, ’कोरोना निको हुने कुरा व्यक्ति स्वयम्मा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ । त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।

जिल्ला अस्पतालले नै चाउचाउ र बिस्कुटजस्ता तयारी खाजा दिने गरेको छ । तर, यस्ता खानेकुराले झन् असर गर्न सक्ने जनस्वास्थ्यविद्हरू बताउछन् । 
  ः ÷कान्तिपुर


 

प्रतिक्रिया