Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भ्रष्टाचारमुक्त बान्नीगढीको परिकल्पनामा युवाहरु

भ्रष्टाचारमुक्त बान्नीगढीको परिकल्पनामा युवाहरु

गाउँठाउँमा भ्रष्टाचार, अनियमितताका घटनाहरु बढिरहेका बेला बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरु भ्रष्टाचारमुक्त पालिकाको परिकल्पनामा जुटेका छन् ।

गाउँपालिकामा हुने भ्रस्टाचार, अनियमितताका घटनाहरुलाई उखेल्दै समृद्ध गाउँपालिकाको परिकल्पनासहित युवाहरु जुटेका हुन् । जसअन्तर्गत भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवा सरोकार विषयक सप्ताहव्यापी अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको छ ।

भर्चुअल जूम मिटिङमार्फत गरिएको अन्तरक्रिया कार्यक्रम यही जेठ १७ गतेसम्म सञ्चालन गरिने समृद्ध जयगढ गन्तव्य अभियानका संयोजक तारा प्रसाद पाण्डेले बताउनुभयो । भर्चुअल जूम मिटिङमा बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरूसँगै बान्नीगढी जयगढ गाउँपालिका स्थायी ठेगाना भई हाल विभिन्न क्षेत्र तथा ओहोदामा रहनु भएका ७ जना अतिथिहरूले युवाहरूलाई मार्ग प्रशस्त गर्नुका साथै आफ्ना अनुभवहरू आदान प्रदान गर्ने गराउने छन् ।

भर्चुअल मिटिङको पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता पूर्ण रावलले कार्यक्रमका सहभागीका जिज्ञासा मेटाउनुका साथै अभियान सञ्चालनका लागी आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्नुभएको थियो । अभियान कुनै पनि व्यक्ति तथा समूहलाई लक्षित नगरी स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै रावलले यो सकारात्मक तथा रचनात्मक कार्यक्रमको अनुसरण सबै तिर हुने अपेक्षा गर्नुभयो ।

भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवा सरोकार विषयक सप्ताह व्यापी अन्तरक्रिया कार्यक्रमको पहिलो दिन ४० बढी युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा पूर्व जिल्ला विकास समिति सदस्य समाजसेवी तीलक खत्री तिमिल्सैना,मोहनमान स्वार,अर्थविद् झपट बोहरा,पूर्ण रावल,भरत खड्का,नरेन्द्र साउँद, हिम बहादुर विश्वकर्मा लगायत रहनु भएको छ । जेठ १७ गतेसम्म प्रत्येक दिन साँझ ३:३० देखी साँझ ५ बजेसम्म भर्चुअल जूम मार्फत कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

सडक मिडिया 

प्रतिक्रिया