Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले राजनीतिक सङ्कट निम्तियाे : सभापति देउवा

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले राजनीतिक सङ्कट निम्तियाे : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएकाे बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा 'जुम'मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएकाे बताउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उहाँले बताउनुभयो ।

आफूले प्रधानमन्त्रीका लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भए पनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरिकन प्रतिनिधि सभा विघटन गरेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिले प्रधानमन्त्रीले भन्नेबित्तिकै मान्न नहुने भन्दै सभापति देउवाले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लङ्घन गरेको बताउनुभयो । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

देउवाले भन्नुभयो, ‘बहुमतभन्दा बढी सदस्यको सही छापसहित हामीले बुझाएका थियौँ । अरू देशमा मान्छे बोलाएर यो हो कि होइन भनेर सोध्छन्, त्यो नगरिकन उहाँले मध्यरातमा विघटन गर्नुभयो । गर्न नहुने कुरा गर्नुभयो । राष्ट्रपति जस्तो व्यक्तिले सम्मानजनक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्नुपर्ने थिएन यो । किनभने यो संविधानको ठाडो उल्लङ्घन त प्रधानमन्त्रीले गर्नुभयो । राष्ट्रपतिले पनि गरेको देखिन्छ यहाँ । त्यसैले सर्वोच्च अदालत गएका छौँ । मलाई विश्वास छ अदालतले न्याय गर्नेछ । प्रजातन्त्रमा पनि खतरा आइपुगेको छ । अप्रजातान्त्रिक, असंवैधानिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले नेपालमा राजनीतिक सङ्कट पैदा गरेका छन् ।’

कोभिड १९ को सङ्क्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जान नहुने बताउनुभयो । नागरिकमा गएर झन् कोभिड फैलाउने अपराध गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उहाँले आग्रह गर्नुभयो । संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 

सभापति देउवाले आफूले पार्टीको अधिवेशन गराएन भन्ने कलङ्क आफ्नो टाउकोमा राख्न नचाहने पनि बताउनुभयो । पार्टीको आउँदाे अधिवेशन सम्पन्न गर्नका लागि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया