Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

समाजसेवी हिक्मत थापाको नेतृत्व र वेदप्रकाश तिमिल्सैनाको समन्वयमा सुरु भएको अभियानलाई गैर आवासीय नेपाली र ह्युमानिटी फाउन्डेसनको साथ

समाजसेवी हिक्मत थापाको नेतृत्व र वेदप्रकाश तिमिल्सैनाको समन्वयमा सुरु भएको अभियानलाई गैर आवासीय नेपाली र ह्युमानिटी फाउन्डेसनको साथ

जिल्ला सदरमुकाम मंगलसैन स्थित जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको मातृभुमीलाई तत्काल अक्सिजन सहयोग अभियानको संयोजनमा बिहिवार १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका, मलेशिया र कतारमा बस्ने गैर आवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौंको सहयोगमा जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

बिहिवार वरिष्ठ समाजसेवी नेपाली कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाहले एक कार्यक्रमका बिच जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटा लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरे । जिल्ला प्रशासन कार्यालय बाट जारी निषेधाज्ञाका नीति निर्देशन पालन गर्दै जिल्ला अस्पताल परिसरमा सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाको सहजीकरणमा भएको भएको एक संक्षिप्त कार्यक्रममा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो । सोही क्रममा पूर्व सभापति शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउन मद्धत गर्ने गैर आवासीय नेपाली प्रती आभार व्यक्त गरे ।

अक्सिजन सिलिण्डर बुझ्दै डाक्टर बास्कोटाले अक्सिजन सिलिन्डर आपूर्तिका लाई सहयोग गर्ने सबै सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरिन् । अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसिया बाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी, कतार बाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।

एनआरएनए अफ्रिकाको नेपाल लाई तत्काल अक्सिजन सहयोग अभियान र गैर आवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाको संयोजन, धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग तथा नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वय र ब्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो । जसमध्ये हिजो मात्रै ह्युमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताल लाई हस्तान्तरण गरिएको थियो । यो गरेर मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थन अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन ल्याउन गाडी आजै भैरहवा पठाइएको छ भने भोलि सम्म हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

अछाम जिल्लामा अक्सिजन सिलिन्डर आपूर्ति अभियानमा सक्रिय पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तिमिल्सैनाका अनुसार भैरहवा बाट थप १० थान अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखीएको छ, गाडी पुग्ने बित्तिकै शुक्रबार लोड गरेर बयालपाटाका लागि हिडाइने छ । साथै तिमिल्सैनाले अवको केही दिनमा अमेरिकी नेप्लिज चेम्बर अफ कमर्सको सहयोग र युवा सूचना मंच बाँकेको संयोजनमा जिल्ला अस्पताल तथा बयालपाटा अस्पताल लागयत कोभिड बाट बढी प्रभावित पंचदेवल विनायक नगरपालिका भित्रका स्वास्थ्य संस्था, सुरक्षाकर्मी र पत्रकारलाई औसधी, स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गरिने समेत जानकारी दिए ।

प्रतिक्रिया