Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क ट्रेसिंङ्गमा बेवास्ता

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क  ट्रेसिंङ्गमा बेवास्ता

अछाममा समुदायमा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको छ । बैशाख १९ गते देखि निषेधज्ञा जारी गरेपनि संक्रमितहरु घटेका छैनन् । दोस्रो लहरको कोराना भाइरसको संक्रमण अछामका गाउगाउसम्म पुगेको छ । गाउका चिया पसल , किराना पसल , निषेधज्ञा पालना नगरी हुल बाधेर हिडेका कारण संक्रमित बढिरेको स्थानीय बताउछन् । ‘स्वाब दिएपछि छुट्टै बस्नुको साटो सबैसंग घुलमिल भइरहेका हुन्छन् । अनसगमन गर्ने निकाय कोहि छैन’ मंगलसेन नगरपालिका ५ का राजेश भाट भन्छन् ,‘ कोरोना संक्रमित कत भए , मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तिव्र गतिमा फैलिएको छ भन्ने बारे कसैलाई मतलब छैन ।’

संक्रमितको सम्पर्कमा आएकाहरुको अवस्था बुझ्नु पर्ने र कन्ट्याट ट्रेसिङलाई बढाउनु पर्ने मंगलसेन नगरपालिका ५ की स्वास्थ्य स्वयम्सेविका मथुरा विष्टले बताइन् । ‘ लक्षण देखिएका धेरै व्यक्तिले कोरोना परिक्षण गरेका छैनन् । अझै संक्रमति बढेन सक्छन् ’ उनले भनिन् ,‘ गाउँमा कोरोना धेरै फैलि सकेको छ । सरोकारवालाले समयमा ध्यान दिन जरुरी छ । गाउ“को अवूथा के हो भन्ने बारे हामी जानकारी दिन तयार छौं ।’

कमलबजार आरटी पिसिआर प्रयोगशालामा परिक्षणका लागि आउने सबै स्वाब नयाँ संक्रमितको भएको सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘ स्वाब लिएपछि लक्षण देखिएर आएको , कन्ट्याट ट्रेसिङ जस्ता अप्सन हुन्छन् । पछिल्लो चरणमा कन्ट्याट ट्रेसिङको स्वाब आएको छैन ’ उनले भने ,‘ कन्ट्याट ट्रेसिङ गर्यो भने संक्रमित धेरै बढ्छन् ।’

दोस्रो भरिएन्टको संक्रमण फैलिएपछि अछाममा २ हजार ४७ जना संक्रमित भएका छन् ।  १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल प्रर्सन मिन कुँवरले जानकारी दिए । उनका अनुसार मंगलसेन नगरपालिकामा ४ सय ५६ जना, साँफेबगर नगपालिकामा २ सय ६२ जना , बान्नीगढी जयगढ गाउँपालिकामा १ सय ७९ जना मेल्लेख गाउँपालिकामा १ सय ५७ जना , रामारोशन गाउँपालिकामा १ सय ३० जना संक्रमित छन् । त्यस्तै चौरपाटी गाउँपालिकामा ६४ जना , कमलबजार नगरपालिकामा ३ सय ३० जना तुर्माखाँद गाउँपालिकामा १ सय ३५ जना पंचदेवल बिनायक नगरपालिकामा २ सय ७७ जना र ढकारी गाउँपालिकामा ४८ जना संक्रमित भएका छन् ।

बिहबारसम्म १४ सय जना संक्रमित निको भएको र ६ सय ३२ जना सक्रिय संक्रमित रहेको कुँवरले बताए । ‘ संक्रमणको दर घटेको छैन बढेको छ । संक्रमित  मध्ये १५ प्रतिशत जोखिममा छन् ’ उनले भने ,‘ परिक्षणको दर बढाउने हो भने धेरै संक्रमित बढ्छन् ।’  उनका अनुसार  मेल्लेखले ४ जना , मंगलेसनका ३ जना ,साँफेबगर ३ जना , बान्नीगढी जयगढका २ जना  र चौरपाटीका २ जना , कमलबजारका १ जना  गरी जम्मा  १५ जनाको मृत्यु भएको हो ।  ‘ मृत्यु हुनेमा युवा उमेर समूहका धेरै छन् ।  पहिले नै केहि न केहि रोग भएकाहरुको मृत्यु भएको देखिन्छ ।’ उनले भने ।

 

प्रतिक्रिया

ट्रेन्डिङ