Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

विराटनगर ।

बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र उनका भाइ नाता पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका नयन पूर्वप्रहरी सहायक निरिक्षक हुन् भने श्रेष्ठ काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार २०७६ फागुन ३ गते सेक्युरिटी कम्पनीको अफिसमा बोलाएर नयनले बलात्कार गरेको जाहेरी गरेको थियो । त्यसको अनुसन्धानक क्रममा नयन र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।ब्लाकमेलिङको आरोप लागेकी नयनकी श्रीमती भने फरार छिन् ।पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार विराटनगर घर भएकी युवतीलाई नयनले फागुन ३ गते श्रेष्ठको अफिसमा बोलाएका थिए । विराटनगर मुनालपथस्थित काठमाडौं सेक्यूरिटी कार्यालयमा पुगेकी उनलाई नयनले बलात्कार गरे भने श्रेष्ठले भिडियो बनाए ।त्यही भिडियो देखाएर श्रेष्ठले ‘जे भन्यो त्यही मान्नुपर्छ’ भन्दै युवतीलाई धम्की दिएको उनले दाबी छ । उनका अनुसार १२ असारमा भने नयनकी श्रीमती रसिला श्रेष्ठले त्यही भिडियो देखाएर बार्गेनिङ गरिन् ।

सुरुमा घरजग्गा आफ्नो नाममा पास गरिदिन भनेकी रसिलाले पछि दश लाख रुपैयाँ दिए भिडियो डिलिट गर्ने बताएको पीडित युवतीले बयान दिएकी छन् ।घटना भएको पाँच महिनापछि मात्र जाहेरी परेकाले सूक्ष्म अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पीडित भनिएकी युवतीलाई मोरङ प्रहरीले डेढ वर्ष अघि मात्र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो ।

विराटनगर बाहिरबाट युवती बोलाएर जवरजस्ती बेस्यावृतीमा लगाएको जाहेरी परेपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ गरेर कारबाही अघि बढाएका थिए । तर जिल्ला अदालत मोरङले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।डीएसपी राईका अनुसार ब्लाकमेलिङमा प्रयोग भएको भनिएको भिडियो अहिलेसम्म भेटिएको छैन । ‘जाहेरी दिने युवतीमाथि यसअघि पनि मुद्दा चलेको छ’ उनले भने, ‘पछिल्लो घटनामा बलात्कार हो होइन भन्ने अनुसन्धान गर्दैछौं ।’ अनलाइनखबर

प्रतिक्रिया

ट्रेन्डिङ