Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

श्रीमानले बलात्कार गरे, श्रीमतीले १० लाख मागिन् !

विराटनगर ।

बलात्कारको आरोपमा मोरङ प्रहरीले पूर्वप्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।जवरजस्ती करणी गरेर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा विराटनगर–१२ बखरीका ५० वर्षीय नयन श्रेष्ठ र उनका भाइ नाता पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका नयन पूर्वप्रहरी सहायक निरिक्षक हुन् भने श्रेष्ठ काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार २०७६ फागुन ३ गते सेक्युरिटी कम्पनीको अफिसमा बोलाएर नयनले बलात्कार गरेको जाहेरी गरेको थियो । त्यसको अनुसन्धानक क्रममा नयन र श्रेष्ठलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।ब्लाकमेलिङको आरोप लागेकी नयनकी श्रीमती भने फरार छिन् ।पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार विराटनगर घर भएकी युवतीलाई नयनले फागुन ३ गते श्रेष्ठको अफिसमा बोलाएका थिए । विराटनगर मुनालपथस्थित काठमाडौं सेक्यूरिटी कार्यालयमा पुगेकी उनलाई नयनले बलात्कार गरे भने श्रेष्ठले भिडियो बनाए ।त्यही भिडियो देखाएर श्रेष्ठले ‘जे भन्यो त्यही मान्नुपर्छ’ भन्दै युवतीलाई धम्की दिएको उनले दाबी छ । उनका अनुसार १२ असारमा भने नयनकी श्रीमती रसिला श्रेष्ठले त्यही भिडियो देखाएर बार्गेनिङ गरिन् ।

सुरुमा घरजग्गा आफ्नो नाममा पास गरिदिन भनेकी रसिलाले पछि दश लाख रुपैयाँ दिए भिडियो डिलिट गर्ने बताएको पीडित युवतीले बयान दिएकी छन् ।घटना भएको पाँच महिनापछि मात्र जाहेरी परेकाले सूक्ष्म अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पीडित भनिएकी युवतीलाई मोरङ प्रहरीले डेढ वर्ष अघि मात्र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो ।

विराटनगर बाहिरबाट युवती बोलाएर जवरजस्ती बेस्यावृतीमा लगाएको जाहेरी परेपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ गरेर कारबाही अघि बढाएका थिए । तर जिल्ला अदालत मोरङले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।डीएसपी राईका अनुसार ब्लाकमेलिङमा प्रयोग भएको भनिएको भिडियो अहिलेसम्म भेटिएको छैन । ‘जाहेरी दिने युवतीमाथि यसअघि पनि मुद्दा चलेको छ’ उनले भने, ‘पछिल्लो घटनामा बलात्कार हो होइन भन्ने अनुसन्धान गर्दैछौं ।’ अनलाइनखबर

प्रतिक्रिया