Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

सुदूरपश्चिममा एमाले भित्र विवाद चर्किएका बेला मन्त्रिमण्डल विस्तार

सुदूरपश्चिममा एमाले भित्र विवाद चर्किएका बेला  मन्त्रिमण्डल विस्तार

सुदूरपश्चिम प्रदेश सरकारमा ८ जना मन्त्री र राज्यमन्त्री थपिएका छन्। नेकपा एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका दुई मन्त्रीलाई हटाएका छन् भने एमालेबाट ६ जना र माओवादी केन्द्रका २ जना नियुक्त गरेका छन्। केहीको मन्त्रालय हेरफेर गरिएको छ।

नयाँ मन्त्री मण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्णा जोशी, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारीलाई नियुक्त गरिएको छ।

शाहलाई आन्तरिक मामिलाबाट हटाएर आर्थिक मामिला मन्त्रालय दिइएको हो। यसअघिका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई हटाइको छ। 

यस्तै सामाजिक विकास राज्यमन्त्रीमा मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्रीमा मानबहादुर सुनारलाई नियुक्त गरिएको छ। 

अहिलेको नयाँ मन्त्रीमण्डलमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्री मानबहादुर सुनार भने नेकपा माओवादी केन्द्रका हुन्। भूमी व्यवस्था तथा कृषिमन्त्री विनीता चौधरीको जिम्मेवारी फेरिएको छैन ।

८ जना मन्त्री र राज्यमन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख गंगाबहादुर यादवले शपथ खुवाएका छन्। नेकपा एमालेको स्थायी कमिटिले सरकारको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको अवस्थामा, त्यसको अवज्ञा गर्दै मन्त्रिमण्डल विस्तार भएको हो।

अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया