Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा एमाले भित्र विवाद चर्किएका बेला मन्त्रिमण्डल विस्तार

सुदूरपश्चिममा एमाले भित्र विवाद चर्किएका बेला  मन्त्रिमण्डल विस्तार

सुदूरपश्चिम प्रदेश सरकारमा ८ जना मन्त्री र राज्यमन्त्री थपिएका छन्। नेकपा एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका दुई मन्त्रीलाई हटाएका छन् भने एमालेबाट ६ जना र माओवादी केन्द्रका २ जना नियुक्त गरेका छन्। केहीको मन्त्रालय हेरफेर गरिएको छ।

नयाँ मन्त्री मण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्णा जोशी, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारीलाई नियुक्त गरिएको छ।

शाहलाई आन्तरिक मामिलाबाट हटाएर आर्थिक मामिला मन्त्रालय दिइएको हो। यसअघिका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई हटाइको छ। 

यस्तै सामाजिक विकास राज्यमन्त्रीमा मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्रीमा मानबहादुर सुनारलाई नियुक्त गरिएको छ। 

अहिलेको नयाँ मन्त्रीमण्डलमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्री मानबहादुर सुनार भने नेकपा माओवादी केन्द्रका हुन्। भूमी व्यवस्था तथा कृषिमन्त्री विनीता चौधरीको जिम्मेवारी फेरिएको छैन ।

८ जना मन्त्री र राज्यमन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख गंगाबहादुर यादवले शपथ खुवाएका छन्। नेकपा एमालेको स्थायी कमिटिले सरकारको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको अवस्थामा, त्यसको अवज्ञा गर्दै मन्त्रिमण्डल विस्तार भएको हो।

अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया