Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विद्युतीय सवारीमा लाग्ने अन्तःशुल्क खारेज

विद्युतीय सवारीमा लाग्ने अन्तःशुल्क खारेज

विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्दै सरकारले आगामी १० वर्षभित्र साना सवारीलाई विद्युतीय सवारीले विस्थापित गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क खारेज गरेको घोषणा गरेका हुन् । ‘विद्युत्को आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायात साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारीसाधनको आयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महसुलसमेत उल्लेख्य मात्रामा घटाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ ।

अघिल्लो वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीको क्षमताअनुसार ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने नीति कार्यान्वयनमा ल्याएका थिए । निजी विद्युतीय सवारीमा लाग्ने भन्सार महसुल पनि १० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याएका थिए । त्यसअघि विद्युतीय निजी सवारीसाधनमा १० प्रतिशत भन्सार शुल्क, १३ प्रतिशत भ्याट र सडक दस्तुर ४ प्रतिशत मात्रै लागू गरिएको थियो । गत वर्ष बजेटमा कर वृद्धि गरिएसँगै नेपालमा आयात हुने विद्युतीय सवारीको संख्या उल्लेख्य घटेको थियो ।

आगामी वर्षदेखि उत्पादित विद्युत् बढी हुने प्रक्षेपण गर्दै गर्दै सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिएको हो । सरकारले आगामी एक वर्षभित्र काठमाडौं उपत्यकामा एक सय विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने घोषणा पनि बजेटमार्फत गरिएको छ । साझा यातायात सहकारीमार्फत विद्युतीय बस सञ्चालन गर्ने योजना सरकारको छ ।

यसअघि पनि सरकारले उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि साझा यातायातलाई बजेट विनियोजन गरेको भए पनि खरिद प्रक्रिया विवादित बनेपछि रोकिएको थियो । सरकारले विद्युतीय सवारीसहित रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पंखालगायत विद्युतीय उपकरणका लागि अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको बजेटमार्फत घोषणा गरेको छ । सरकारले २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारीसाधनलाई विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ । ‘यसका लागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासको सम्बन्धमा सुझाव दिन विज्ञसहितको कार्यदल गठन गरिनेछ,’ बजेटमा भनिएको छ, ‘पेट्रोलियम पदार्थबाट सञ्चालन हुने विद्युतीय सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुर छुट दिने व्यवस्था मिलाइएको छ ।’ विद्युतीय सवारीसाधन उत्पादन एवं एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० ब्रान्डका कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गर्ने घोषणा बजेटमा गरिएको छ । यस्ता कम्पनीलाई कर सहुलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क लिजमा उपलब्ध गराउने बजेटमा घोषणा गरिएको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आगामी आर्थिक वर्ष निजी क्षेत्रको सहभागितामा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ५ सय चार्जिङ स्टेसनलगायत पूर्वाधार स्थापना गर्ने घोषणा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकासहित विभिन्न प्रदेशका मुख्य सहरमा ५० वटा चार्जिङ स्टेसन स्थापनाका लागि ठेक्का दिइसकेको छ ।

प्रतिक्रिया