Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा थिए । उनीहरु सातै जना पूर्व माओवादी केन्द्रबाट सुरुमा मन्त्री बनेका थिए । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।

गत फागुन २३ गते नेकपाको एकता भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग गर्दापनि उनीहरुले माओवादी केन्द्र त्यागेर एमाले रोजेका थिए । दल त्यागेको कारण माओवादीले उनीहरुलाई सांसद नरहनेगरि कारबाही गरेको थियो । सोहीअनुसार सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुको सांसदबाट पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गरिसकेका छन् । तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेगरि दुई चरणमा निर्वाचन गर्ने भनेर मिति नै घोषणा गरिसकेको छ । ओलीले चुनावी सरकारमा फेरि सातै जनालाई सहभागी गराउने वचन दिएकाले उनीहरुले क्वार्टर नछोडेका कुरा पनि आएका छन् ।

तर, आफ्नो सत्ता जोगाउनको लागि सबैभन्दा निर्णायक भूमिका खेलेको र गुण लगाएका जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने ओलीको तयारी छ । यो बीचमा ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद जारी राखेका छन् । जसपाबाट सरकारमा सहभागी हुँदा कम्तिमा पनि ८ जना सहभागी हुने जनाईएको छ । यसो हुँदा अहिले मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका यी सातै जना मन्त्री हुने सम्भावना पनि छैन् । लामो समय राजनीति गरेका र पटक पटक मन्त्री भएकाहरुले यो कुरा नबुझ्ने कुरै छैन् । तर, उनीहरु अहिले पनि मन्त्री बन्ने आशमा क्वार्टर नछाडी बसेका छन् ।

प्रतिक्रिया