Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आस्था नेपाल, वर्ल्ड भिजन र वाक नेपालद्वारा रु २२ लाख धेरैको स्वास्थ्य सामाग्री सहयोग

आस्था नेपाल, वर्ल्ड भिजन र वाक नेपालद्वारा रु २२ लाख धेरैको स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएको बेला जिल्लाका सक्रिय गैरसरकारी संस्थाले सहयोग गर्न थालेका छन जस अन्तरगत आस्था नेपाल, वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई २२ लाख २४ हजार ७ सय २८ बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

जिल्लामा कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको आस्था नेपालका प्रबन्ध निर्देशक रुपक चन्दले बताए । वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले जिल्ला कोभिट संकट व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन बिपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न उपलब्ध गराएको बताइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति मार्फत वितरण हुने गरि १७ लाख ९२ हजार बराबरको ४६ लिटरको र अक्सिजन सिलिन्डर ७० थान , १ लाख ८२ हजार बराबरको पल्स अक्समिटर ७० थान , ६७ हजार २ सय बराबरको थर्मल गन ७० थान, २ लाख ८ हजार ३ सय २० बराबरको पिपिई सेट ७० थान ,२ हजार ८ सय बराबरको सेनोटाइजर १० लिटर , रु २ हजार बराबरको सर्जिकल मास्क ६ पकेट, ९ हजार ७ सय बराबरको एन नाइन्टी फाइभ मास्क ३६ वटा , रु ६ सय बराबरको एन्टिसेप्टिक सप ६ वटा गरि जम्मा २२ लाख ६४ हजार ७ सय २८ बराबरको सामान हस्तान्तरण गरिएको थियो । आवश्यकता अनुसार जिल्लाका दश वटै स्थानीय तह र अस्पतालहरूमा पठाइने छ। हस्तान्तरण कार्यक्रमको सन्चालन जन स्वास्थ्य अधिकृत झपट ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया