Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

डोटीमा ढोका थुनेर आमा–छोरीमाथि मट्टिलेत छर्किएर आगो लगाइयो

डोटीमा ढोका थुनेर आमा–छोरीमाथि मट्टिलेत छर्किएर आगो लगाइयो

खाना खाएर छोरी सँगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो ।

उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्टितेल जस्तै ज्वलनशील पदार्थ फाल्न थाल्यो । मैले उठेर भित्रबाट रोक्न खोजेँ, सकिन ।’

डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटको भनाइ हो यो । दिपायल राजपुरमा रहेको सु–जङ्ग सामुदायिक अस्पतालमा उपचाररत उनी त्यो घटना सम्झँदै भन्छिन् ‘ज्वलनशील पदार्थ फालेर सलाई कोरेर भित्र फालियो, मैले पहिलो काँटी निभाएँ । एकछिनमै अर्को काँटी फाल्यो र आगो टिपीहाल्यो ।’

उनीले आगोबाट बच्नबाहिर निस्किन खोजिन् तर आक्रमणकारीले बाहिरबाट ढोका थुन्यो । उनी चिच्याइन्, एकोहोरो चिच्याइरहिन् । उनको चिच्याहट छरछिमेकीहरुको कानमा पुग्यो, छिमेकीहरु हतारिएर आएपछि आक्रमणकारी भाग्यो ।

तर त्यतिबेलासम्म लक्ष्मीको जिउमा आगो सल्किसकेको थियो । उनकी दुई वर्षीया छोरीलाई पनि आगोले टिपिसकेको थियो । ‘राति अध्याँरो थियो, झ्याल पनि सानो थियो, ढोका खोल्न दिएन’ लक्ष्मी भन्छिन् ‘को मान्छे हो, मैले चिन्न सकिनँ ।’

उनी ज्वलनशील पदार्थ के हो भन्ने पनि छुट्याउन सकिरहेकी छैनन् तर गन्धका आधारमा मट्टितेल हो भन्ने उनलाई लाग्छ । उनको आठ वर्षअघि सन्तोष भाटसँग विवाह भएको थियो । उनीहरुबीच पछिल्लो समय राम्रो सम्वन्ध थिएन । तीन वर्षअछि सन्तोषले अर्को बिहे गरेपछि उनीहरुको सम्वन्धमा झन् फाटो आयो तर लक्ष्मीले श्रीमान् बिरुद्ध कतै उजुर बाजुर गरिनन् ।

अर्को बिहे गरेपछि सन्तोष कान्छी श्रीमतीसँग बस्न थाले । उनले आफू र छोरीहरुको वास्ता गर्न छोडेपछि लक्ष्मीले गुजारा चलाउन गाउँमै सानो चिया पसल सुरु गरिन् ।

उनी पसलमै बस्दै आएकी थिइन् । तीन छोरीकी आमा लक्ष्मी फागुन यता श्रीमानसँग बोलचाल समेत बन्द भएको बताउँछिन् । घटनाको समयमा उनकी दुई छोरी बाजेबजैसँग अर्कै घरमा थिइन् ।

आर्थिक अभाव


लक्ष्मीलाई स्थानीय अस्पतालले अर्कै अस्पतालमा रिफर गर्न लागेको छ । तर आर्थिक अभावका कारण उनी अन्त जान सकिरहेकी छैनन् । संगैकी छोरीलाई काखी च्याप्दा कम जलिन् तर अस्पतालका अनुसार लक्ष्मीको शरीर आधाभन्दा धेरै जलेको छ ।

घटनापछि लक्ष्मीका श्रीमान् सन्तोष फरार छन् । लक्ष्मीको कुरुवा बसेका उनका ससुरा गोरे भाट भन्छन्, ‘डाक्टरले अन्त लैजाऊ भन्नुभयो, आफूसँग न पैसा छ, न कसैले ऋण दिन मानिरहेका छन्, कहाँ लैजाने, कसरी उपचार गर्ने भन्ने पनि मलाई केही जानकारी छैन ।’ उनी अस्पतालमा भए दुखेको बेला औषधि त पाइएला भनेर यतै राखेको बताउँछन् ।

घटनालगत्तै गोरेले छोरा सन्तोषलाई फोन गरेर जानकारी गराएका थिए । तर आफू भारतबाट आएका यात्रु लिएर आएकोले क्वारेन्टिनमै बसेको र निन्द्रा थकानका कारण आउन नसक्ने जवाफ छोरोले दिएको उनी बताउँछन् ।

आफूहरुले सुरुमै  यता उपचार सम्भव नहुने जानकारी गराइसकेको बताउँछन् सु–जंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर । उनले भने, ‘उहाँको शरीर आधाभन्दा धेरै जलेको छ, अरु ठाउँ त सुधार हुन सक्छ तर हातको घाउ यताको उपचारले सम्भव छैन ।’ उनी छोरीको अवस्था सामान्य रहेको बताउँछन् ।

श्रीमानविरुद्ध किटानी जाहेरी


लक्ष्मीले अँध्यारोको कारण आक्रमणकारीलाई चिन्न नसकेको बताएकी छन् । प्रहरीले भने प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणकारी लक्ष्मीकै श्रीमान् सन्तोष भाट रहेको अनुमान गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा श्रीमानकै हात देखिन्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ‘यसअघि पनि उनीहरुबीच मनमुटाव रहेछ ।’ यत्रो घटना हुँदासम्म पनि उनी नजिक नआउनु, फोन अफ गरेर फरार रहनुले पनि यसमा थप सशंकित गराएको उनी बताउँछन् ।

घटनापछि उनले आफन्तहरुलाई फोन गरेर आफूले घटना घटाएको बताएको समेत प्रहरीको दावी छ । उनी भारत छिरिसकेके प्रहरी अनुमान छ ।

लक्ष्मीका माइती पक्षले आइतबार सन्तोषविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनले सन्तोषको खोजी भइरहेको बताएका छन् । 
 

अनलाईन खबरवाट साभार 

प्रतिक्रिया