Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

३ जना प्रहरी रक्सी चोरेको आरोपमा निलम्बित

३ जना  प्रहरी रक्सी चोरेको आरोपमा  निलम्बित

रक्सी चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् । 

प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन ।

जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।

निषेधाज्ञाका बेला भइरहेको होटेलमा होहल्ला शान्त पार्न भन्दै उनीहरुलाई खटाइएको थियो । उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

सामाजिक सञ्जालमा प्रहरी संगठनको तीव्र आलोचना भएपछि जिल्ला प्रहरी कार्यालयले निलम्बन गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया