Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको एक टोलि द्धारा कमलबजारमा अनुगमन गरीएको छ । जिल्लाको पुर्बि क्षेत्र मध्यको एक प्रमुख ब्यपारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसल हरुमा अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखिएको पाइएको छ । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

मुल्य सुचि नराखेका र म्याद गुज्रियका अखाद्य बस्तुहरु फेला परेका पसलका संचालक हरुबाट जरीवाना असुल समेत गरीएको टालिको नेतृत्व गर्नु भएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना बताउनु भयो । टोलिले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रियका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाहि हुने सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताउनु भयो ।

टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका जनक ढुंगाना, उद्योग बाणिज्य संघका जिल्ला सदस्य मिलता अधिकारी, श्यामलाल देउबा,कमलबजार बजार प्रर्बदन बिकास समितिका अध्यक्ष कासिराम बजगाइ, इलाका प्रहरी कार्यालय कमलबजारका इन्चार्ज लक्ष्मिराज जैसि,सशस्त्र प्रहरी हवल्दार जय बहादुर महतरा रेडियो कमलबजारका स्टेशन म्यानेजर अमर धामि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया