ताजा अपडेट
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको एक टोलि द्धारा कमलबजारमा अनुगमन गरीएको छ । जिल्लाको पुर्बि क्षेत्र मध्यको एक प्रमुख ब्यपारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसल हरुमा अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखिएको पाइएको छ । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।
मुल्य सुचि नराखेका र म्याद गुज्रियका अखाद्य बस्तुहरु फेला परेका पसलका संचालक हरुबाट जरीवाना असुल समेत गरीएको टालिको नेतृत्व गर्नु भएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना बताउनु भयो । टोलिले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रियका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाहि हुने सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताउनु भयो ।
टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका जनक ढुंगाना, उद्योग बाणिज्य संघका जिल्ला सदस्य मिलता अधिकारी, श्यामलाल देउबा,कमलबजार बजार प्रर्बदन बिकास समितिका अध्यक्ष कासिराम बजगाइ, इलाका प्रहरी कार्यालय कमलबजारका इन्चार्ज लक्ष्मिराज जैसि,सशस्त्र प्रहरी हवल्दार जय बहादुर महतरा रेडियो कमलबजारका स्टेशन म्यानेजर अमर धामि लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
प्रतिक्रिया