Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको नेतृत्वमा आएको एक टोलि द्धारा जयागढबजारमा अनुगमन गरीएको छ । जिल्लाको प्रमुख ब्यपारीक केन्द्र  मध्यको एक जयागढबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका ७ पसलमा भएको अनुगमनमा ५ वटा पसललाई ३००००/- अक्षेरुपी तिस हजार जरिबाना र सात वटै पसललाई सचेत गराईएको  जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ  । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

मुल्य सुचि नराखेका र म्याद गुज्रियका अखाद्य बस्तुहरु फेला परेका पसलका संचालकहरुबाट जरीवाना असुल समेत गरीएको टालिको नेतृत्व गर्नु भएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना बताउनुभयो । टोलिले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रियका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाहि हुने सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताउनुभयो ।

टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका प्रकाश उपाध्याय, उद्योग बाणिज्य संघका जिल्ला सदस्य टंक खड्का, प्रहरी चौकी जयागढका इन्चार्ज रमेश भट्ट, सशस्त्र प्रहरी हवल्दार जय बहादुर  लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया